साना किसान विकास लघुवित्तको ईटहरी शाखा कार्यालय स्थानान्तरण हुने
८ आश्विन २०८०, सोमबार १३:५२

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको ईटहरी शाखा कार्यालय स्थानान्तरण हुने भएको छ ।
साना किसान विकास लघुवित्त र साविकको आरएमडीसी लघुवित्त एक आपसमा गाभिएर असार २४ गतेदेखि साना किसान विकास लघुवित्तको नामबाट एकीकृत कारोबार सञ्चालन भइरहेकोमा शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।
स्थानान्तरण भएपछि असोज १० गते बुधबारबाट नियमित कारोबार सञ्चालन गरिने समेत कम्पनीले जनाएको छ ।












