साउन महिनामा वाणिज्य बैंकले कमाए साढे ८ अर्ब रुपैयाँ, कुनको कति ?

८ आश्विन २०८०, सोमबार १७:३३

काठमाडौं । नेपालमा सञ्चालन रहेका वाणिज्य बैंकहरुले साउन महिनामा कुल ८ अर्ब रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आवको पहिलो महिनाको वित्तीय विवरण अनुसार बैंकहरुले ८ अर्ब ५२ करोड ४९ लाख रुपैयाँ आर्जन गरेका हुन् ।

हाल सञ्चालन रहेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले खुद नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । बैंकले साउन महिनामा करिब १ अर्ब रुपैयाँ आर्जन गर्न सफल भएका छन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार साउन महिनामा नबिल बैंकले ७५ करोड ५५ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७४ करोड ७९ लाख रुपैयाँ, हिमालयन बैंकले ६३ करोड १२ लाख रुपैयाँ, कुमारी बैंकले ५७ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

त्यस्तै, समीक्षा अवधिमा एनआईसी एशिया बैंकले ३८ करोड ४६ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४४ करोड ७० लाख रुपैयाँ, प्राईम कमर्सियल बैंकले ४२ करोड ४८ लाख रुपैयाँ, कृषि विकास बैंकले ३३ करोड १६ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४१ करोड ५४ लाख रुपैयाँ, एनएमबि बैंकले ३८ करोड ३१ लाख रुपैयाँ र प्रभु बैंकले २९ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

यसका साथै, साउन महिनामा सिद्धार्थ बैंकले २९ करोड १६ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टड बैंकले २९ करोड ९८ लाख रुपैयाँ, सानिमा बैंकले २५ करोड रुपैयाँ मुनाफा आर्जना गरेका छन् ।

तथ्यांक अनुसार नेपाल एसबिआई बैंकले सबैभन्दा कम खुद नाफा आर्जन गरेको छ । बैंकले साउन महिनामा जम्मा १६ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*