१६ बैंकले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । मर्जर एक्वीजिशनमा निर्धारण गरिएको कर खारेजीको मागसहित नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा १६ वटा बैंक तथा वित्तीय संस्थाहरुले सरकारका विरुद्धमा दर्ता गरेको रिट आज हेर्न नभ्याइनेमा परेको छ । सर्वोचच अदालतको फूल बेन्चमा पेश गरिएको रिटहरु च र छ नम्वरमा परेका थिए ।
न्यायाधिशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलाशमा परेको थियो । आजको उक्त इजलाशमा काठमाडौंको चन्द्रागिरी नगरपालिकाका विरुद्धमा महादेवस्थान खानेपानी मातातिर्थले दायर गरेको रिटमा बढि समय लागेकोले हेर्न नभ्याइनेमा परेको हो ।
उक्त रिटमाथि अब अर्को पेशी तोकेर सुनुवाई हुनसक्नेछ । तर, दशैं समेत नजिक आइसकेकोले तिहारभन्दा अगाडि हेर्न नभ्याईन सक्ने अवस्था देखिएको छ ।
बैंकहरुले मर्जर एक्वीजिशनबापत प्राप्त राजश्व नतिर्ने अडान लिँदै आएका छन् ।











