राष्ट्र बैंकले १८ अर्बको ट्रेजरी बिल नवीकरण गर्ने, आजै बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले २८ दिन, ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
मंगलबार (असोज १६ गते) जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी कात्तिक १४ गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिनको लागि ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी पुस १७ गते परिपक्व हुनेछ ।
साथै, १८२ दिनको लागि ५ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी चैत २० गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।













