अनलाइन बैंकिङ्ग सेवा प्रयोग गर्दा सचेत हुन राष्ट्र बैंकको आग्रह

१६ आश्विन २०८०, मंगलवार १०:५१

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजग भई डिजिटल वित्तीय सेवा प्रयोग गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै वित्तीय सेवा प्रयोग गर्दा सजग हुन सचेत गराएको हो ।

मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटजस्ता डिजिटल वित्तीय सेवा प्रयोग गर्दा नोटको आवश्यकता नहुने राष्ट्र बैंकले जनाएको छ । ‘यस्ता सेवाले आफैँ उपस्थित भई लाइन बस्ने झन्झट नहुने र खातामा सीधै भुक्तानी हुने हुँदा कारोबार पारदर्शी र विश्वासिलो हुनुका साथै समयको बचतसमेत हुने गर्दछ’, सूचनामा उल्लेख छ ।

सूचनामा डिजिटल वित्तीय सेवाको प्रयोग गर्दा के प्रयोजनका लागि कसलाई भुक्तानी गरेको हो सोमा सावधानी पुर्याउनुपर्ने दायित्व सम्बन्धित व्यक्तिको नै हुने राष्ट्र बैंकले प्रस्ट पारेको छ। ‘त्यसैले बैंकको नाम, खाताको नाम, खाता नम्बर, मोबाइल नम्बर, भुक्तानीको प्रयोजनलगायतका विवरण यकिन गरेरमात्र कारोबार गर्नुपर्ने भनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*