सबै बैंकका सिईओहरूलाई राष्ट्र बैंक डाकियो, गभर्नरसँग बैठक
१७ आश्विन २०८०, बुधबार १४:५५

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ)सँग छलफल गर्न आकष्मिक बैठक बोलाएको छ ।
राष्ट्र बैंकले बुधबार (आज) दिउँसो सवा ३ बजे वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गर्न लागेको हो । चालु आर्थिक वर्षको एकीकृत निर्देशन जारी गर्ने तयारीमा रहेको राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको धारणा सुन्न छलफलमा बोर्लाएको बुझिएको छ ।
छलफलमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर निलम ढुंगाना रबमबहादुर मिश्र, रेगुलेसन विभाग प्रमुख गुणाकर भट्ट, सुपरभिजन विभाग प्रमुख देव कुमार ढकाल र सबै वाणिज्य बैंकका सिईओहरु सहभागि हुने बताइएको छ ।











