माछापुच्छ्रे बैंकको लेखापरीक्षकमा जीपी राजबाहक एण्ड कम्पनी नियुक्त
१८ आश्विन २०८०, बिहीबार १६:०७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको आर्थिक वर्ष २०८०।८१ को लागि लेखापरीक्षकमा जीपी राजबाहक एण्ड कम्पनी नियुक्त भएको छ ।
बैंकको आज (असोज १८) सम्पन्न वार्षिक साधारण सभाबाट कुल लेखापरीक्षण शुल्क २० लाख पारिश्रमिक दिनेगरी बैंकको लेखापरीक्षकमा जीपी राजबाहक एण्ड कम्पनीलाई नियुक्त गरिएको हो ।












