५० लाखको मुद्दती निक्षेप खाता खोल्दा प्यान नम्बर अनिवार्य

१९ आश्विन २०८०, शुक्रबार ०९:५९

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अब ५० लाख रुपैयाँभन्दा बढीको मुद्दती निक्षेप खाता खोल्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिएको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै अनिवार्य प्यान लिएको हुनुपर्ने व्यवस्था राखेको छ ।

कुनै पनि बैंक तथा वित्तीय संस्थाले ५० लाख रुपैयाँभन्दा बढीको मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको प्यान अनिवार्य रुपमा लिनु पर्नेछ। राष्ट्र बैंकले यसअघि यस्तो व्यवस्था गरेको थिएन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*