यस्तो छ गभर्नर अधिकारीको सिग्नेचर रहेको २० रुपैयाँको नयाँ नोट (फोटोसहित)

१९ आश्विन २०८०, शुक्रबार १२:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि २० रुपैयाँको नयाँ नोट चल्तीमा ल्याएको छ । सर्वसाधारणको जानकारीका लागि राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेर नोट चल्तीमा ल्याएको हो ।

यस्तो छ, नयाँ नोट

फोटोः स्रोत-नेपाल राष्ट्र बैंक

पहिले कै (साविक)आकार र रंगमा छापिएको नोटमा अग्रभागको बाँयातर्फ सरगमाथाको चित्र, दायाँतर्फ लालीगुरासको पानी छाप रहेको छ भने गभर्नरको दस्तखत रहने स्थानमा वहालवाला राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर देखिन्छ ।

नोटको तल्लो भागको बोर्डरमा नोेटको सिरिज नम्बर नेपालीमा ‘वि.सं. २०७९’ लेखिएको छ । यस्तै, नोटको पृष्ठ भागतर्फ मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’, मध्य भागमा दुईवटा बाह्रसिंगाको चित्र, तल्लो भागमा अंग्रेजीमा ‘रुपिंज ट्वेन्टी’ र तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजी संवतको ‘२०२३ ए.डी. लेखिएको छ ।

र, यो पल्टको बडा दशैँमा सर्वसाधारणले राष्ट्र बैंकले हालसालै जारी गरेको २० का सुकिला नोट सटही गर्न पाउने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*