एनआईसी एशिया बैंकद्वारा ‘एनआईसी एशिया फोन लोन’ सेवा शुभारम्भ, प्रयोगकर्ताहरूले डिजिटल रुपमा सहजै कर्जा प्राप्त गर्ने

काठमाडौं । विभिन्न डिजिटल च्यानलमार्फत गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको यस एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपबाटै डिजिटल रुपमा कर्जा प्रदान गर्ने गरी सेवा एनआईसी एशिया फोन लोनको शुभारम्भ गरेको छ । नवीनतम प्रविधिमा आधारित रहेर...


अबदेखि सबै बैंकहरु विदाको दिन पनि खोल्नुपर्ने, यस्तो छ राष्ट्र बैंकको नयाँ निर्णय

काठमाडौं । नेपाल सरकारले घोषणा गरेको सार्वजनिक विदाको दिनमा देशका सबै बैंकहरु सञ्चालन गर्न नियामक निकाय राष्ट्र बैंकले निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकद्धारा आज जारी एकीकृत निर्देशनको संशोधनमा त्यस्तो व्यवस्था गरेको हो । अबदेखि विहान १०ः०० बजदेखि...


ऋणीको पक्षमा राष्ट्र बैंकद्धारा अर्को निर्णय, संशोधित निर्देशिकासहित

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संशोधन गर्दै ऋणीको पक्षमा अर्को निर्णय गरेको छ । नयाँ व्यवस्था अनुसार बैंकबाट ऋण लिएका ऋणीहरुले भाखा नाघेको ३० दिनभित्र सावा ब्याज बुझाएमा हर्जना, पेनाल्टी वा ब्याज लगायतका कुनै पनि अतिरिक्त शुल्क...


बोटलर्स नेपालका दुई कम्पनीद्वारा शेयरधनीको खातामा लाभांश जम्मा

काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । गत पुष २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक बैंक खातामा जम्मा गरिदिएको हो...


निर्धन उत्थान लघुवित्तको साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको २४औं साधारण सभा आज संस्थाका अध्यक्ष शरद निधि तिवारीको प्रमुख अध्यक्षतामा संस्थाकै केन्द्रीय कार्यालय नक्साल काठमांडौमा सम्पन्न भएको हो । सो सभाले लघुवित्तको...


कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको संचालक हेरफेर भएको छ । नेपाल सरकार प्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरीयको फागुन १० गतेको निर्णयअनुसार बैंकको संचालकमा रामशरण पुडासैनीलाई नियुक्त गरेको हो । कागेश्वरी मनोहरा ३ काठमाडौं स्थायी ठेगाना भएका पुडासैनीलाई कृषि विकास बैंकको...


सर्पोट लघुवित्तको डिसिइओमा विष्णु कान्त चौधरी नियुक्त

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब कार्यकारी अधिकृत (डिसिइओ)मा विष्णु कान्त चौधरी नियुक्त भएका छन् । संस्थाको फागुन ११ गते बसेको संचालक समितिको बैठकले संस्थाको डिसिइओ पदमा सोही मितिदेखि नै लागू हुनेगरी नियुक्त गरेको हो ।


एनएमबी लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको छ ।लघुवित्तले विभागीय प्रमुख (आन्तरिक लेखापरीक्षण विभाग) र विभागीय प्रमुख (लेखा, वित्त व्यवस्थापन तथा योजना विभाग) एक–एकजना माग गरेको छ...


स्वाभिमान लघुवित्तको संचालकमा कुश सुदन सिंह नियुक्त

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालकमा संस्थापक शेयरधनी कुश सुदन सिंहलाई नियुक्त गरेको । संचालक समितिको फागुन ११ गते बसेको संचालक समितिको निर्णयले सिहलाई संचालक पदमा नियुक्त गरेको हो । साथै, सोहि बैठकको निर्णयले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट...


सिभिलसँगको मर्जरमा हिमालयन बैंकका सिईओ अशोक राणाको नैतिकतामाथि प्रश्नै-प्रश्न, गभर्नर अधिकारीले सह–अस्तित्व कायम गराउलान कि भोज खालान ?

काठमाडौं । कमजोर भएको मौका छोपेर बलियाले जुकाले झै चुस्ने नेपाली ठूला उद्योगीहरुको परिपाटी नै बनेको छ । इटहरीका प्रेम आचार्यले त्यसै स्टाटस लेखेर नयाँ बानेश्वरमा जीउदै आगो लगाएको होइनरहेछन् भन्ने तथ्य आजबाट एकीकृत कारोबार गर्दै गरेको हिमालयन बैंक...


हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार आजबाट सुरु

काठमाडौैं । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार आजबाट हुँदैछ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर आजदेखि हिमालयन बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु हुँदैछ । दुबै बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्ति सम्बन्धि...


आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै साढे ३ लाखको आवेदन

काठमाडौं । आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै ३ लाख ६६ हजार २३८ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार साँझा ५ बजेसम्ममा साढे ३ लाख बढीले आवेदन दिएका हुन् । कम्पनीको आइपीओमा ४१ करोड ६० लाख ४६...


एभरेष्ट बैंकद्वारा कमलविनायक भक्तपुरमा आफ्नो १२४ औं शाखा उद्घाटन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आज मिति २०७९ साल फाल्गुण ११ गतेका दिन भक्तपुरको कमलविनायकमा आफ्नो १२४ औं शाखा...


तीन कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । प्रभु इन्स्योरेन्स, सबैको लघुवित्त र सिभिल लघुवित्तले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले यी तीनवटै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म...


सिभिल बैंकबाट सिईओ सुनिल पोखरेलसहित ८ जना व्यवस्थापकीय तहका कर्मचारीले सामूहिक रुपमा लिए बिदाई

काठमाडौं । सिभिल बैंकबाट सिईओ सुनिल पोखरेलसहित ८ जना व्यवस्थापकीय तहका कर्मचारी सामूहिक रुपमा बिदाई भएको छ। बैंकबाट कार्यकारी तहमा रहेका सीईओ सुनिल पोखरेल र सुमन आचार्य बाहिरिएका हुन् । यस्तै, बैंकको व्यवस्थापकीय तहमा रहेका सागर पौडेल, अविजित श्रेष्ठ,...


नेप्सेद्वारा सिभिल बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिभिल बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ । सिभिल बैंक हिमालयन बैंकसँग गाभिई फागुन १२ गतेदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले बैंकको शेयर कारोबार रोक्का गरिदिएको हो ।...


शेयरबजारमा भारी गिरावट, राष्ट्र बैंकको कसिलो नीतिले लघुवित्तको शेयरमूल्यमा उच्च ह्रास

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा भारि गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै लघुवित्त संस्थाहरुमा कडाई गरेसँगै आजको शेयबजारमा भारि गिरावट आएको हो । नेप्से सूचक ५७.७४ अंकले घटेर २०२२ को...


राष्ट्र बैंकको कडाई संगै लघुवित्तको शेयरमूल्य ह्वातै घट्यो, ४१ संस्थाको शेयरमा नकरात्मक सर्किट

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजारमा उच्च अंकले ओरालो लागेको छ । आज शेयर बजार ५७ दशमलव ७४ अंकले घटेर २०२२ को विन्दुमा कायम भएको छ । राष्ट्र बैंकले लघुवित्तलाई कडाई गर्ने निर्णय गरेसँगै लघुवित्तको शेयर मूल्य...


छिमेक लघुवित्तमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । उतारचढावकाबीच शेयरबजारमा आज उच्च अंकको गिरावट आएको छ । नेप्से सूचक ५७.७४ अंकले घटेर २०२२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेपनि आज कारोबार रकम भने अघिल्ला दिनको तुलनामा घट्न पुगेको छ । आज २...


५ अर्ब ऋण लिएका व्यवसायी दुर्गा प्रसाईंले कुन बैंकलाई कति बुझाउनुपर्ने ?

काठमाडौं ।विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएका व्यवसायी दुर्गा प्रसाईंले बैंकलाई बुझाउनुपर्ने साँवा(ब्याज बुझाएका छैनन्। उल्टै उनले ऋण नतिर्न भन्दै अभियान चलाउँदै हिँडेका छन्। प्रसाईंले सार्वजनिक कार्यक्रम तथा विभिन्न सञ्चारमाध्यमलाई दिएका अन्तर्वार्तामा बैंकबाट लिएको...