धितोपत्र बोर्डमा तीन स्टक एक्सचेन्ज र तीन कमोडिटी एक्सचेन्जको आवेदन

१० बैशाख २०८०, आईतवार १७:१३

काठमाडौं । धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) संचालनका लागि इजाजत लिन समान तीन/तीनवटा कम्पनीको आवेदन परेको छ। नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको इजाजत पत्र लिनका लागि आवदेन दिने आज अन्तिम दिन रहेकोमा छ वटा कम्पनीको आवेदन दर्ता भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोडका अनुसार स्टक एक्सचेन्जतर्फ हिमालयन र नेशनलपछि अन्नपूर्ण स्टक एक्सचेन्जले पनि धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

त्यस्तै, कमोडिटिज एक्सचेन्जको लागि तीन कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छन् । नेपाल धितोपत्र बोर्डका अनुसार ,मल्टी डेरिभेटिभ एक्सचेन्ज (मेक्स) र मल्टी एसेट्स एन्ड डेरिभिटेभिज एक्सचेन्ज र हिमालयन कमेडेटिले आवेदन दिएको छन् ।
सर्वोच्च अदालतको गत चैत २६ गतेको फैसलाले नयाँ स्टक कम्पनी, कमोडिटी मार्केट र धितोपत्र कारोबारका लागि नयाँ दलाल व्यवसायी ९ब्रोकर० लाइसेन्स जारी गर्न बोर्डलाई बाटो खुलेको थियो ।

धितोपत्र बोर्डले गत असोज २ गते नयाँ स्टक र धितोपत्र दलाल व्यापारीको अनुमतिपत्रका लागि निवदेन मागेको थियो ।बोर्डको उक्त निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसमेतलाई विपक्षी बनाई अधिवक्ता दीपक विक्रम मिश्रले गत असोज ३१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

तर उक्त मुद्दा सर्वोच्चको चैत २६ गतेको फैसलाले खारेज गरेपछि धितोपत्र बोर्डले चैत ३० गते सूचना जारी गर्दै वैशाख १० गतेसम्म आवेदन दिइसक्न भनेको थियो ।

धितोपत्र बजारको विकास तथा विस्तारका लागि नयाँ स्टक एक्सचेन्ज तथा कमोडिटी मार्केट खोल्न र थप ब्रोकर लाइसेन्स खुलाउन आवश्यक रहेको बोर्डले बताउँदै आएको छ ।

धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्तामैत्री एवम् अन्तर्राष्ट्रियस्तरको प्रविधि सहितको बनाउन पनि बजारमा नयाँ स्टक चाहिने बोर्डको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*