अर्थमन्त्री विष्णु पौडेलद्वारा बीमा अभिकर्ताको गुनासो सुन्न अस्वीकार, बीमा नियमावलीमा जबरजस्तीको प्रयास
काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बीमा अभिकर्ताहरुको गुनासो सम्बोधन नगरी एक पक्षीय रुपमा तयार पारेको बीमा नियमावली मन्त्रिपरिषदमा लगेर स्वीकृत गर्ने तयारी गरेपछि देशैभरिका बीमा अभिकर्ताहरु अर्थमन्त्री पौडेलसँग रुष्ट हुन पुगेका छन् । अर्थमन्त्री पौडेलले यसअघिको सरकारले झै...
प्रधानन्यायाधीशमा सिफारिस राउत र राजदूत प्रस्तावित दुई चर्चित नाममाथि उजुरी माग
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतबारे उजुरी आह्वान गरेको छ । समितिले सार्वजनिक सूचना प्रकाशित गरेर १० दिनभित्र समितिको कार्यालय सिंहदरबार आइपुग्ने गरी उजुरी दिन आह्वान गरेको हो ।...
साहस उर्जाको बदमासीः सर्वसाधारणलाई फसाएर संस्थापक बाहिरिने चलखेल
काठमाडौँ । साहस उर्जा लिमिटेडको हालको निर्णयले नेपालको पूंजी बजारमा ठूलो हल्ला मच्चाएको छ । २०७८ असोज १६ गतेको लक–इन अवधि सकिन लाग्दै गर्दा साहस उर्जा लिमिटेडले शतप्रतिशत हकप्रद र बोनस शेयरको प्रस्ताव अघि बढाएर एक नयाँ विवादलाई जन्म...
बीमा प्राधिकरणद्वारा नेपाल वित्तीय प्रतिवेदन मान-१७ कार्यान्वयनका लागि लेखासम्बन्धी नियामकसँग अन्तरक्रिया
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको आयोजनामा बुधबार काठमाडौंमा नेपाल वित्तीय प्रतिवेदन मान–१७ कार्यान्वयनका लागि आवश्यक तयारी लगायतका विषयमा लेखासम्बन्धी नियामक निकाय तथा सरोकारवालाहरूसँग छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । आगामी २०८२ साल साउन १ गतेदेखि बीमा क्षेत्रमा...
जनतालाई भोकै-नाङ्गै राखेर संविधानको गीत गाउँदै नेता, कसले गर्ने देशको चिन्ता ?
काठमाडौं । हाल प्रचलनमा रहेको नेपालको संविधान जारी भएको दिन, असोज ३ लाई राष्ट्रिय दिवसका रुपमा मनाइँदै छ । हाल प्रचलनमा रहेको संविधानलाई नौं वर्ष पूरा भएर १० वर्ष लागेको छ । र, १०–१० वर्षको अन्तरालमा व्यवस्थै परिवर्तन हुने...
संसददेखि शक्तिकेन्द्रसम्म भूमाफियाको सेटिङ्, हदबन्दीभन्दा बढीको गैरकानूनी जग्गा वैध बनाइदिँदै सरकार
काठमाडौं । कोरोना कालको सुविधा खोज्दै ठूला व्यापारी तथा औद्योगिक कम्पनीहरु हदबन्दीभन्दा बढीको अवैध जग्गालाई वैधानिक बनाउने योजनामा सफल भएका छन् । उनीहरु संसददेखि सरकारसम्म र नेतादेखि शक्तिकेन्द्रसम्म सेटिङ् गरेर गैरकानूनी जग्गालाई वैधानिक बनाउने योजनामा सफल भएका हुन् ।...
आइजिआई प्रुडेन्सियलका युगेश भक्त वादे श्रेष्ठ निर्जीवन बीमा क्षेत्रका दुरदर्शी सिईओका रुपमा सम्मानित
काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सिईओ युगेश भक्त वादे श्रेष्ठलाई नेपाली निर्जीवन बीमा क्षेत्रका दुरदर्शी प्रमुख कार्यकारी अधिकृत (सिईओ) को रुपमा सम्मान गरिएको छ । सिईओ श्रेष्ठलाई निर्जीवन बीमा क्षेत्रबाट भिजनरी सिईओको रुपमा एयिशन प्रोफेशनल एचिभमेन्ट अवार्डबाट सम्मानित...
वित्तीय चुनौती र आम्दानीमा दबाबका कारण बृज सिमेन्टको दीर्घकालीन ऋण रेटिङ घटाइयो, कस्तो छ व्यापार ?
काठमाडौँ । बृज सिमेन्ट इन्डस्ट्रीज प्रालिको दीर्घकालीन ऋण रेटिङ घटाइएको छ भने अल्पकालीन ऋण रेटिङलाई पुनःस्थापित गरिएको ।। इक्रा नेपालले बृज सिमेन्ट इन्डस्ट्रीज प्रालिको दीर्घकालीन ऋण रेटिङ [ICRANP] LB+ मा घटाएको छ जुन पहिले [ICRANP] LBB-@ थियो। कम्पनीको अल्पकालीन...
नेप्सेमा पुगेर अर्थमन्त्रीद्वारा प्रश्नै-प्रश्न
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यालयमा छड्के हानेका छन् । आज दिउँसो साढे २ बजे अर्थमन्त्री पौडेल नेप्सेको कार्यालयमा अनुगमनका लागि पुगेका हुन् । पौडेलले नेप्से कार्यालयमा ब्यवस्थापनसँग दर्जनौ प्रश्नको जवाफ माग गरेका छन्...
बीमा प्राधिकरणद्धारा सबै बीमा कम्पनीका सिईओ र लेखा प्रमुखलाई होटलमा बोलाएर अन्तरक्रिया गर्दै
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले नेपालमा सञ्चालित सबै जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीका सिईओहरु तथा लेखा प्रमुखहरुलाई आज अफरान्ह ३ बजे एक होटलमा बोलाएर अन्तरक्रिया कार्यत्रम सुरु गरेको छ । बीमा प्राधिकरणको आयोजनामा काठमाडौंको रवि भवनस्थित होटल...
दशैंमा दुई पाङ्ग्रे सवारी अफरः नगद छुट-एक्सचेन्जदेखि लखपति बन्ने मौका, कुन कम्पनीले के दिए ?
काठमाडौँ । नजिकिँदै गरेको दशैं, तिहार, छठ जस्ता प्रमुख चाडपर्वलाई लक्षित गर्दै दुई पाङ्ग्रे सवारी साधनका बिक्रेता कम्पनीहरूले विभिन्न आकर्षक अफरहरू सार्वजनिक गरिरहेका छन्। ग्राहकहरूको चाडपर्वको उत्साहलाई ध्यानमा राख्दै, यी कम्पनीहरूले आफ्ना मोटरसाइकल र स्कुटर खरिदमा विशेष सहुलियत र...
मेटाको प्रतिबन्धपछि रुसी सञ्चारमाध्यले दिए कडा चुतौति, अमेरिकी चुनावमा असर पर्ने !
काठमाडौं । सोसियल मिडिया प्लेटफर्म मेटाले ‘विदेशी हस्तक्षेप’ रोक्न भन्दै आफ्ना सबै एपमा रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाएको छ । मस्कोको प्रचार बढाउनका लागि उनीहरुले भ्रामण रणनीति अख्तियार गरेको भन्दै मेटाले रुसी समाचारमाध्यमलाई प्रतिबन्ध लगाउनु परेको जनाएको छ । उसले...
सानिमा रिलायन्स लाइफको सातौं वार्षिक साधारण सभा असोज २३ गते, १८% बोनश शेयर पारित गर्ने
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सातौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ३१ गते बसेका सञ्चालक समितिको निर्णय अनुसार सभा असोज २३ गतेका दिन अनमोल बैंक्वेट, शंखमुल काठमाडौंमा बस्ने भएको छ ।...
निरन्तरको गिरावटले आत्तिए लगानीकर्ताः अर्बौ लगानी जोखिममा हुँदा मनोबल कमजोर, दशैंको दबाब कति ?
काठमाडौँ । पुँजी बजार निरन्तर ओरालो यात्रामा लम्कि रहेको छ । स्वभाविक रुपमा बढेर भदौ २ गते ३०४८ बिन्दुमा पुगेको बजार भदौ ३१ गतेसम्म आइपुग्दा २५८० बिन्दुमा ओर्लिएको हो । निरन्तर उचाई कायम राखि रहेको बेला यसअघिको ३२ सय...
विकास बैंकको नाफा २६% ले बढ्योः शाइन आक्रामक-मुक्तिनाथलाई पछ्याउँदै महालक्ष्मी र गरिमा, पुच्छरमा लुम्बिनी
काठमाडौँ । एक महिनाकै अवधिमा राष्ट्रिय स्तरका विकास बैंकको नाफा २६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन महिनाको तथ्याङ्क अनुसार राष्ट्रिय स्तरका ८ विकास बैंकले ८४ करोड ६० लाख रुपैयाँ नाफा कमाएका...
सर्वोच्च बारका पूर्वअध्यक्ष राउत प्रधानन्यायाधीश सिफारिस, के हो उनको विज्ञता ?
काठमाडौं । संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठताका आधारमा प्रकाशमान सिंह राउतको नाम सिफारिस गरेको छ । संवैधानिक परिषदमा विपक्षीको बहुमत भएका कारण सत्ता गठबन्धनले आफु अनुकुलको निर्णय लिन नसकेपछि वरिष्ठतम् न्यायाधीश राउतको नाम सर्वसम्मत सिफारिस गरेको हो ।...
वाणिज्य बैंकको नाफा ७% ले बढ्योः ग्लोबल र नबिलको प्रतिस्पर्धा, कृषि र एसबिआईको लोभलाग्दो ग्रोथ (सूचीसहित)
काठमाडौँ । हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले महिनामा मात्रै ९ अर्बको नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार साउन महिनामा मात्रैं बैंकहरुले ९ अर्ब १७ करोड ६३ लाख रुपैयाँको नाफा कमाएका हुन् ।...
विद्यालयस्तरको पाठ्यक्रममै बीमा शिक्षा समावेश गर्ने तयारी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले विद्यालयस्तरको पाठ्यक्रममै बीमा शिक्षा समावेश गर्ने तयारी गरेको छ। प्राधिकरणले आज सार्वजनिक गरेको बीमा साक्षरता रुपरेखा–२०८१ को मस्यौदामा विद्यालयस्तरको पाठ्यक्रममै बीमा शिक्षा विषय समावेश गर्ने एउटा रहेको हो। यसका लागि पाठ्यक्रम विकास केन्द्रसँग समन्वय...
सूचीकृत ३३ कम्पनीहरुले गरे लाभांश घोषणा, कसले कति दिदैछन् ? (सूचीसहित)
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएका ३३ कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् । जसमा दुई बैंक, पाँच हाइड्रोपावर, एक लघुवित्त, एक होटल र हाथवे इन्भेष्टमेन्टसहितका विभिन्न म्यूचुअल फण्डहरुले प्रतिफल घोषणा गरेका हुन् । हाल सम्म तीन दर्जन...
भन्सार प्रमुखहरुको सरुवामा अर्थमन्त्रीको सेटिङ् !, मन्त्रालयमा खैलाबैला
काठमाडौं । अर्थ मन्त्रालयले दुई सातामा ७७ जना उपसचिवको सरुवा गरेकामा ११ भन्सार प्रमुखको सरुवामा चखलेल भएको भन्दै कर्मचारीवृत्तमा असन्तुष्टि चुलिएको छ । राजस्व प्रशासन समूहका उपसचिवको सरुवा विशेष परिस्थितिबाहेक दुई वर्षको अवधिमा मात्र गरिनु पर्ने कानूनी प्रावधान रहे...



















