प्रधानमन्त्री ओलीको बालकोटस्थित निवास आन्दोलनकारीद्वारा घेराउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित नेपाल आन्दोलनकारीहरुले घेराउ गर्न पुगेका छन् । बालकोटस्थित प्रधानमन्त्री ओलीको निजि घरमा आन्दोलनकारीहरुले घेराउन गर्न पुगेका हुन् । हिजो शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका निहत्था युवाहरुमाथि प्रधानमन्त्री ओली नेतृत्वको सरकारले बर्बर दमन गर्दै दुई...


आजै साँझसम्म केपी ओली नेतृत्वको सरकार ढल्दै, मन्त्रीहरुले धमाधम दिन थाले राजिनामा

काठमाडौं । राजधानीमै नरसंहारमा मच्चाएको केपी ओली नेतृत्वको सरकार आजै साँझसम्म ढल्ने भएको छ । ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुले धमाधम राजिनामा दिन थालेपछि ओली नेतृत्वको वर्तमान सरकारको आजै अन्तिम दिन हुने भएको छ । केहीबेर अघि कृषि मन्त्री...


कांग्रेसका थप केही मन्त्रीले राजिनामा दिने, जनहत्याको आरोप लागेका ओली एक्लिदै

काठमाडौं । सत्ताको लागि निहत्था जनताको हत्या गर्दै अघि बढेको प्रधानमन्त्री ओली थप अप्ठेरोमा पर्ने भएका छन् । नेपाली कांग्रेसका शेखर कोइराला निकटका मन्त्रीहरुले राजिनामा दिने भएसँगै प्रधानमन्त्री ओली अप्ठेरोमा परेका हुन् । कांग्रेस स्रोतका अनुसार कोइराला समुहबाट सरकारमा...


जनहत्या विरुद्ध कलंकीबाट प्रदर्शन सुरु, देशव्यापी रुपमा अघि बढ्दै जेनजी आन्दोलन

काठमाडौं । सरकारले शक्ति र सत्ताको बलमा नेपाली जेनजी युवाहरुको हत्याको विरुद्ध कलंकीबाट टायर बालेर विरोध सुरु भैसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार दिउँसो नयाँ बानेश्वरमा प्रदर्शन गरीरहेका १९ जना जेनजी युवाहरुको निर्मम हत्या गरेको...


प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले मच्चाएको हत्याकाण्डबारे अमेरिका, बेलायत अष्ट्रेलिया, जापान, फिनल्याण्ड र कोरियाको बक्तव्य

काठमाडौं । निशस्त्र युवाहरुले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनको क्रममा १९ जनाको हत्या गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक गम्भिर मावन अधिकार उल्लंघनमा छानविनमा पर्न सक्ने भएका छन् । यसैबीच, सरकारले नागरिकको मच्चाएको रक्तपातपूर्ण दमनको विरोधमा विश्वका धेरै...


भ्रष्टाचारमा डुबेका शासकहरु युवाको रगतले होस गुमाउँदै, कतै देशै छोडेर भाग्ने अवस्था त आउदैन ?

समाचार टिप्पणी चरम भ्रष्टाचार, बेथीतिले चुर्लुम्म डुबेको दुई तिहाईको दम्भ देखाउने कांग्रेस एमालेको गठबन्धन सत्ता होस गुमाउँदै अघि बढिरहेको छ । जेनजी पुस्ताले गरेको विरोध प्रदर्शनलाई उत्तेजित बनाएर १९ जनाको कत्लेआम हत्या गरेपछि वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रका ठेकेदारहरुले होस...


ओली देउवा नेतृत्वको सत्ताले मच्चाएको नरसंहारविरुद्ध बोल्यो राष्ट्र संघ

काठमाडौं । राजधानीमा दिन दहाडै डेढ दर्जन भन्दा बढि युवाको कत्लेआम हत्या गर्ने वर्तमान एमाले कांग्रेस गठबन्धनको सत्ताका विरुद्धमा संयुक्त राष्ट्र संघले मुख खोल्दै लोकतन्त्रमा स्वतन्त्रतापूर्वक विरोध गर्ने पाउने अधिकार हुँदा हुँदै नागरिकको हत्या तथा घाइते बनाएको घटनाको गम्भिर...


बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई काम गर्न दिन सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पुनः शरद ओझालाई नै अध्यक्षको हैसियतमा काम गर्न दिन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । यही भदौं २२ गते ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अध्यक्ष ओझामाथि गठित छानविन समिति र...


जेनजी पुस्तामाथि राज्यको निर्मम दमन, बानेश्वरमा युवाको लाश ढल्यो कि शासन व्यवस्था ?

काठमाडौं । भ्रष्टाचार, कुशासन र बेथीतिमा डुबेको राज्यसत्ताका विरुद्धमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा पुस्तामाथि सरकारले आतातायी शैलीको निर्मम दमन गर्दै दर्जन बढि युवाहरुको हत्या गरेको छ । नयाँ बानेश्वरमा प्रहरी सुरक्षाकर्मीले गोली हानेर युवाहरुको हत्या गर्ने क्रम रोकिएको छैन...


राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको चारैतिर कर्फ्यू लगाउने सरकारको निर्णय

काठमाडौँ । काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारीसँगै महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु थप गरिएको छ । यस अवधिमा तोकिएको सीमाभित्र कुनै पनि व्यक्तिले आवत जावत गर्न, भेला, जुलुस, प्रदर्शन,...


नेपालको संघीय संसद भवन प्रदर्शनकारीको नियन्त्रणमा, सुरक्षा व्यवस्था कोल्याप्स

काठमाडौं । नेपालको संघीय संसद भवन जेनजी प्रदर्शनकारीहरुले कब्जामा लिएका छन् । आज विहानदेखि सुरु भएको प्रदर्शनको क्रममा संघीय संसद भवन प्रदर्शनकारी युवाहरुले कब्जामा लिन सफल भएका हुन । संसदीय संसद भवनको तीन वटै गेटबाट सुरक्षाकर्मीहरुलाई पन्छाएर प्रदर्शनकारीहरुले कब्जा...


जेन-जी संसद भित्रै छिरेपछि काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी

काठमाडौँ । काठमाडौंका कर्फ्यू आदेश जारी भएको छ । बानेश्वर चोकदेखी पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखी पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखी दक्षिण...


संसद भवनकै सुरक्षा गर्न सरकार असफल, नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र प्रदर्शनकारी

काठमाडौं । केपी ओली नेतृत्वको वर्तमान दुई तिहाई बहुमत प्राप्त सरकारले जनताको सार्वभौम भनिएको संसद भवनकै सुरक्षा गर्न असफल भएको छ । आजको जेनजीले घोषणा गरेको आन्दोलनको क्रममा प्रहरीको घेरा तोडेर आन्दोलनकारीहरु नयाँ बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गर्न सफल...


नयाँ बानेश्वरको संसद भवनको मुल गेटमा पुगे प्रदर्शनकारी, भिषण संघर्ष नजिक !

काठमाडौं । जेनजी पुस्ताको आन्दोलन भिषण उग्ररुप लिने संकेत गरेको छ । प्रदर्शनकारीहरुले प्रहरी सुरक्षाकर्मीको घेरा तोडेर निषेधित क्षेत्र नाघेर नयाँ बानेश्वरस्थित संसद भवनको मूल गेटमा पुगेका छन् । प्रदर्शनकारीहरु संसद भवनको मूल गेटमा पुगेपछि प्रहरी सुरक्षाकर्मीहरुले अश्रुग्याँस र...


सडकमै चिच्यायो जेन-जी पुस्ताः दलको छायाँबिना स्वतन्त्र आवाज, सरकारलाई खुला चुनौती

काठमाडौं । नेपालमा पहिलो पटक नयाँ पुस्ता (जेनजी) ले स्वतःस्फूर्त रूपमा सडक आन्दोलनको नेतृत्व लिएको छ। भ्रष्टाचार, अव्यवस्था र सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति असहमति जनाउँदै उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेका हुन् । ‘जेनजी पुस्ता चिच्याउँछ,...


कछुवाको गतिमा कर्णाली सरकारको स्वास्थ्य बीमा कार्यक्रम, १६ लाख जनसंख्यामा हालसम्म ३२% मात्रै बीमा दायरामा

काठमाडौं । कर्णाली प्रदेश सरकारले अघि बढाएको स्वास्थ्य बीमा कार्यक्रम निकै सुस्त गतिमा चलिरहेको छ । स्वास्थ्य सेवाको खर्चलाई परिवारले धान्न सक्ने अवस्थामा ल्याई स्वास्थ्य समस्याका कारणले हुन सक्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको उक्त कार्यक्रम कछुवाको...


आईपीओको खेती बन्द होस्, उत्पादन र बजार विस्तार नभएसम्म मार्केटमा प्रवेश गर्न दिँदैन: अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले जस्तो सुकै कम्पनीको आईपीओ स्वीकृत नहुने बताएका छन् । आज लगानीकर्ताका २२ बुँदे मागको जवाफ दिदै उनले भने, ‘आईपीओ पुँजी संकलनको लागि आवश्यक छ, तर यो प्रक्रिया सहज छैन । अहिले...


बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपको साढे १५ खर्ब माथिको बीमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेपमध्ये साढे १५ खर्ब माथिको बीमा भएको पाइएको छ । बैंक तथा वित्तीय संस्थामा रहेका प्राकृतिक व्यक्तिहरूको कुल निक्षेपमध्ये साढे १५ खर्ब माथिको बीमा (सुरक्षण) भएको हो। ‘क’ देखि ‘घ’ वर्गसम्मका...


सावधिक जीवन बीमा पोलिसीबाट साउनमै साढे सात अर्बको व्यवसाय, कुन पोलिसीबाट कति बीमा शुल्क आर्जन ?

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा र लघु जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको साउन महिनामा २० अर्ब दुई करोड तीन लाख रुपैयाँका विभिन्न बीमा पोलिसीहरु बिक्री गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरण अनुसार साउन...


मुरारका ग्रुपको पशुपति आइरनको अवस्था खस्किदै, चुक्ता पुँजीको २.३ गुणाबढी ऋण

काठमाडौँ । सन् १९८३ मा स्थापना भएको पशुपति आइरन एण्ड स्टील प्रालि आर्थिक संकट र ऋणको दलदलमा फसेको देखिएको छ । सुनसरीमा उत्पादन इकाई स्थापना गरेर संचालनमा आएको उद्योगले ‘पशुपति टीएमटी बार’ नामक उत्पादन बजारमा ल्याउँदै आएको छ ।...