अटोमोबाइलमा मूल्य सूचि स्टिकर अनिवार्यबारे नाडा र वाणिज्य विभागबीच विस्तृत छलफल

८ बैशाख २०८३, मंगलवार १८:३५

काठमाडौँ । नाडाको एक प्रतिनिधि मण्डलले बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीसंग अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा त्यस विभागबाट प्रकाशित प्रेश विज्ञप्तिको विषयमा विस्तृत छलफल गरेको छ।

सो नाडा प्रतिनिधि मण्डलले वाणिज्य विभागले २०८२ चैत ३० गते जारी गरेको प्रेश विज्ञप्तिका सम्बन्धमा नाडाको विशेष ध्यान आकृष्ट भएको छ भन्दै त्यस विभागले विदेशबाट पैठारी गरी नेपालमा विक्री वितरण गरिने सम्पूर्ण बस्तुहरुको अनिवार्य रुपमा अधिकतम खुद्रा मूल्य (ःच्ए) उल्लेख गर्नु पर्ने साथै वस्तु विक्री गर्दा अनिवार्य रुपमा विल विजक जारी गर्ने व्यवस्थाको नाडाले सराहना गरेको गरेको छ। यसै सन्दर्भमा नाडाले विभिन्न चासो र जिज्ञाशा राख्दै थप स्पष्टताको लागि लिखित पत्र बुझाउदै समाधानका लागि समेत आग्रह गरेको छ।

नाडा प्रतिनिधि मण्डलसंग सो विभागले जारी गरेको उक्त प्रेश विज्ञप्तिमा उल्लेखित विषयहरुमा छलफल हुंदा उपस्थित नाडा प्रतिनिधि मण्डलले उल्लेखित विषयहरुलाई कसरी व्यावहारिक र कार्यान्वयन योग्य बनाउने, पुरानो स्टकमा भएका सामानहरुको हकमा के गर्ने ? भन्सार विन्दु मै स्टिकर टाँस्नु पर्ने व्यवस्था कति व्यावहारिक हुन्छ भन्दै नाडाले सदैव फेयर ट्रेड र ट्रान्सपरेन्सी व्यवसायलाई आधिकारिक रुपमै प्रवद्र्धन गर्दे आएको बताए ।

सो छलफलको क्रममा महानिर्देशक ज्ञवालीले उपभोक्ता संरक्षण ऐन २०३५ मा भएको व्यवस्थालाई नै कार्यान्वयनमा ल्याइएको र बर्तमान सरकारको १०० बुँदे शासकिय योजनामा समेत यो विषयलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउने उल्लेख भएकोले विभाग यसलाई कार्यान्वयनमा ल्याउन प्रतिवद्ध रहेको बताउदै यस सम्बन्धमा नाडाको थप चासो र जिज्ञासाहरु सकारात्मक रहेको बताए ।

यसै क्रममा महानिर्देशक ज्ञवालीले यसको कार्यान्वयनमा आउने वाधा अड्चनहरु हटाउन विभाग तयार रहेको आश्वासन दिदै यसको कार्यान्वयनका लागि व्यवसायीहरुकोतर्फबाट प्रतिवद्धता समेत आउने पर्ने बताए । यसै सिलसिलामा महानिर्देशक ज्ञवालीले स्टिकर सहितको अभिकतम मूल्य सूचि टाँस्ने सम्बन्धमा उद्योग र आयातकर्ताप्रति विभाग कडा रुपमा प्रस्तुत हुने भन्दै विद्यमान कानूनमा सुधार आवश्यक छ भने त्यस्तो सुझाव समेत नाडाबाट आउनु पर्ने बताए ।

सो छलफल तथा भेटघाटमा उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल, कोषाध्यक्ष पंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणी पाठक, केन्द्रीय कार्य समिति सदस्य तथा स्पेयर पार्टस समितिका सभापति दिपेन्द्रकुमार मिश्र र केन्द्रीय कार्य समिति सदस्य नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*