मञ्जुश्री फाइनान्सले ९ महीनामा कमायो २१ करोड नाफा, वित्तीय सूचकमा चमक

९ बैशाख २०८३, बुधबार ०७:०७

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको ९ महीनामा २१ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

गत आवको ९ महीनामा १७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवमा २७.९३ प्रतिशत बढी खुद नाफा कमाएको हो। कम्पनीको आम्दानीमा वृद्धि आएको र इम्पेयरमेन्ट चार्ज घटेको कारण नाफामा वृद्धि आएको हो।

गत आवको चैत मसान्तसम्म ६२ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आवको वैशाख मसान्तसम्म १०.२४ प्रतिशतको वृद्धि सहित ६८ करोड ४७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

समीक्षा अवधिमा कम्पनीको इम्पेयरमेन्ट चार्ज १४ करोड ५४ लाख रुपैयाँबाट घटेर ११ करोड ७५ लाख रुपैयाँमा झरेको छ। जसकारण सञ्चालन मुनाफा २९ करोड ३१ लाख रुपैयाँबाट बढेर ३२ करोड ३३ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा २० करोड ३७ लाख रुपैयाँबाट बढेर ३० करोड ५४ लाख रुपैयाँ पुगेको छ भने प्रतिशेयर आम्दानी १६.८८ रुपैयाँबाट बढेर २१.६० रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १८२.२० रुपैयाँ कायम हुँदा निष्क्रिय कर्जा ४.२० प्रतिशतबाट घटेर ३.९९ प्रतिशतमा झरेको छ।

चुक्ता पूँजी १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब ११ करोड ९ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले १९ अर्ब ८५ करोड ४७ लाख रुपैयाँ ग्राहकमा कर्जा प्रवाह गरी २२ अर्ब ७३ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*