यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णयहरु

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् । बैठकले ५ वटा निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठक धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका तीन सदस्य रहने गरी सिफारिस समिति गठन गरेको छ ।
यी हुन् ५ निर्णयहरू
– धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन
– नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति
– प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति
– मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति
-(समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य (प्युठान) र सदस्यमा नवराज सिम्खडा (धादिङ) साथै रोशनबहादुर शाक्य (ललितपुर) लाई नियुक्ति र मनोनयन











