बीमा प्राधिकरणको अध्यक्ष पदका लागि प्रा.डा. देखि राष्ट्र बैंकका संचालकसम्मको आवेदन (सूचि सहित)

काठमाडौं । बीमा प्राधिकरणको अध्यक्ष पदका लागि प्रा.डा. देखि राष्ट्र बैंकका संचालकसम्म गरी  जना १४ को आवेदन परेको छ । सरकारले गठन गरेको नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले गत शनिबार ७ दिने सूचना जारी गरेपछि आज अन्तिम दिनसम्मको...


नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको अध्यक्षमा दिपक ज्ञवाली, यस्तो बन्यो नयाँ कार्य समिति

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन आज सम्पन्न भएको छ । आज सम्पन्न भएको तेस्रो अधिवेशनबाट संगठनका अध्यक्ष दिपक ज्ञवालीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । सो अधिवेशनबाट दोस्रो कार्यकालको लागि पुनः दिपक ज्ञवाली...


नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । पुनर्बीमा कम्पनीका देवराज ढुंगाना रहेका थिए ।उनी सुरक्षण मुद्रण प्रेसको कार्यकारी निर्देशक नियुक्ति भएपछि दोहोरो पदमा थिए । दोहोरो पदमा रहेको भन्दै चर्को आलोचाना र ऐन विपरित...


नेपाल बीमा प्राधिकरणको अध्यक्षमा १३ जनाको आवेदन, पूर्वसचिवदेखि राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक ढकालसम्म

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १३ जना आकांक्षीहरुले आवेदन दिएका छन् । सरकारले गठन गरेको नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले गत शनिबार ७ दिने सूचना जारी गरेपछि आज अन्तिम दिनसम्मको समयसीमा भित्रमा १३ जनाको आवेदन...


नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्ष पोखरेलद्वारा उच्च मनोबलसाथ नियमन गर्न निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन आज ललितपुरमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले प्राधिकरण नियामक निकाय भएकाले सोही अनुसार जिम्मेवारीपूर्वक काम गर्न र सबै बीमा कम्पनीहरूलाई समान व्यवहार...


निर्माण क्षेत्रमा चहलपहलः वर्षदिनमा थपियो २१ अर्ब लगानी, कुन बैंकले दिए कति ऋण ?

काठमाडौँ । लामो समयदेखि मन्दीको चपेटामा परेको निर्माण क्षेत्र विस्तारै चलायमान बन्दै गएको छ । पछिल्लो समयमा अर्थतन्त्रका सूचकहरू क्रमशः सुधारोन्मुख देखिन थालेपछि ठप्पजस्तै भएको निर्माण उद्योग पुनः लयमा फर्किन थालेको हो । ठूला पूर्वाधार परियोजनाहरूले गति लिँदै जाँदा...


सूर्यज्योति लाइफ इन्स्योरेन्सको डिसीईओमा फर्शुराम मरासिनी नियुक्त

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा फर्शुराम मरासिनी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको भाद्र १८ गते बसेको वैठकको निर्णयानुसार मरासिनीलाई शुक्रबारदेखि लागु हुनेगरी डिसीईओ पदमा नियुक्त गरिएको हो । कम्पनीका अनुसार मरासिनीलाई...


नेपाल पुनर्बीमा वित्तीय सूचांकमा बलियोः ५४ करोड मुनाफा आर्जन, सात अर्बको व्यवसाय गर्न सफल

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैतसमको अपरिष्कृत वित्तीय विवरण आज शुक्रबार सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशित गरेको विवरण अनुसार खुद नाफा, खुद बीमा शुल्क आर्जन, दावी भुक्तानी लगायतका प्रमुख वित्तीय सूचांकहरु बृद्धि...


नयाँ र पृथक बीमा योजना ल्याएर आम नागरिकलाई समेट्नु बीमकको दायित्व होः सुशील सुवेदी

काठमाडौँ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील सुवेदीले बीमा कम्पनीहरूले बजारमा ल्याउने नयाँ–नयाँ पोलिसीबारे आम नागरिकलाई आधारभूत जानकारी दिनु बीमा कम्पनीकै प्रमुख दायित्व भएको बताएका छन् । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ‘जीवन बीमा ज्ञान दिग्दर्शन’ नामक पुस्तक सार्वजनिक गर्ने...


बीमा सम्बन्धी नयाँ पुस्तक सार्वजनिक, सैद्धान्तिकदेखि व्यावहारिक ज्ञानसम्म

काठमाडौँ । जीवन बीमा क्षेत्रको ज्ञान र सचेतना विस्तार गर्ने उद्देश्यले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ‘जीवन बीमा ज्ञान दिग्दर्शन’ पुस्तक सार्वजनिक गरेको छ। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच हिमालयन लाइफका सीईओ मनोज कुमार लाल कर्ण, बीमा प्राधिकरणका कार्यकारी निर्देशक...


बीमा प्राधिकरणको नयाँ अध्यक्षः अख्तियारले छानविन गरिरहेकाबाटै छनौट गराउनुपर्ने बाध्यतामा सरकार

काठमाडौं । सरकारले यही भदौं ९ गते गठित नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय सदस्य रहेको नयाँ अध्यक्ष छनौट समिति गठन गर्ने निर्णय गरेको थियो । तर,...


इन्द्रजात्रामा रथ तान्नेलगायतका भूमिकामा रहने व्यक्तिको पाँच लाखको बीमा

काठमाडौं । यसवर्षको इन्द्रजात्रामा रथ तान्नेलगायतका भूमिकामा रहने व्यक्तिलाई पाँच लाख रुपैयाँसम्मको बीमा गरिने भएको छ । गुठी संस्थानद्वारा यसवर्षको इन्द्रजात्राको तयारीसम्बन्धी जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा पर्वमा अहोरात्र खटिनेका लागि पहिलो पटक यस्तो व्यवस्था गरिएको जानकारी दिइयो...


बीमा कम्पनीका सिईओलाई अन्य कम्पनीमा सञ्चालक बन्न पाउनुपर्ने माग उच्च अदालतबाट खारेज

काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीका सिईओ तथा कर्मचारीहरुलाई अन्य बीमा तथा लगानी रहेका कम्पनीमा सञ्चालक बन्न नपाउने भएका छन् । सो सम्बन्धमा परेको रिट आज उच्च अदालतबाट खारेज गर्दै यसअघिको बीमा प्राधिकरणकै निर्णय सदर गरेपछि यस्तो अवस्था आएको...


बीमा कम्पनीहरुको विदेशी मुद्रा सटहीमा प्राधिकरणको कडाई, निर्देशनसहित यी बुदाँमा गर्‍यो संशोधन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ । बीमकले, रेट्रोशेसन, विदेशबाट आयात गर्ने परामर्श सेवा, बापत भुक्तानी गर्नुपर्ने विदेशी मुद्रा सटही सिफारिस गर्ने कार्यलाई पारदर्शी र व्यवस्थित गर्न वान्छनीय भएकाले...


सिटिजन लाइफको रेटिङ अपग्रेड: बीमा दाबी भुक्तानी क्षमता अब्बल, ग्राहकका लागि विश्वसनीय

काठमाडौँ । इक्रा नेपालले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इश्युअर रेटिङ आइसीआरए एनपी–आइआर ट्रिपल बीबाट आइसीआरए एनपी–आइआर ट्रिपल बी प्लसमा अपग्रेड गरेको छ । यसअघि कम्पनीलाई दिइएको ट्रिपल बी रेटिङलाई वृद्धि गरी ट्रिपल बी प्लसमा पु-याइएको हो । रेटिङ...


बीमा प्राधिकरणद्वारा ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी, यी क्षेत्रमा बढाइयो दायरा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ । नियमनकारी निकाय बीमा प्राधिकरणबाट जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरुको वित्तीय स्रोतको लगानीको दायरा विस्तार गर्दै भदौ १७ गते स्वीकृत गरी उक्त निर्देशिका जारी गरेको...


निजामती कर्मचारीहरूले उपचार सुविधा स्वास्थ्य बीमा बोर्डबाटै पाउने

काठमाडौं । निजामती कर्मचारीहरूले स्वास्थ्य उपचार सुविधा स्वास्थ्य बीमाा बोर्डबाटै पाउने भएका छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले निजामती सेवा विधेयकमा यस्तोव्यवस्था मिलाएको हो। ‘नेपाल सरकारका निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारको सदस्यको औषधि उपचारका लागि स्वास्थ्य बीमाासम्बन्धी...


म्युचुअल फण्डको खस्किँदो वित्तीय अवस्थाः ४३ वटै फण्डको नाफामा गिरावट, लगानी र न्याभको अवस्था कस्तो ?

काठमाडौं। शेयर बजारमा आएको लगातार गिरावटले सामूहिक लगानी कोष अर्थात् म्युचुअल फन्डहरुको वित्तीय अवस्था कमजोर परेको छ। हाल सूचीकृत ४५ वटा फन्डहरुले सार्वजनिक गरेको साउन महिनाको वित्तीय विवरणले यस्तो स्थिति देखाएको हो। फन्डहरुको नाफा, सेयर बजारमा गरिएको लगानी र...


वर्षदिनमा वाणिज्य बैंकमा ७ खर्ब ७७ अर्ब निक्षेप थपियो, आक्रामक एभरेष्ट र एनएमबि, कुनसँग कति ?

काठमाडौँ । वर्षदिनको अवधिमा वाणिज्य बैंकमा साढे ७ खर्बभन्दा बढी निक्षेप थपिएको छ । गत आर्थिक वर्ष २०८१।०८२ मा हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुको कुल निक्षेप ६४ खर्ब ४३ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ कायम भएको हो...


‘चलचित्रकर्मीहरुको स्वास्थ्य बीमा कार्यक्रम, २०८२’ अघि बढाउँदै सरकार, विशिष्ट कलाकारलाई वार्षिक डेढ लाखको बीमा सुरक्षा

काठमाडौं । सरकारले नेपाली चलचित्र क्षेत्रको दिगो विकास र चलचित्रकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै स्वास्थ्य बीमा कार्यक्रम अघि बढाएको छ । नेपाली कलाकर्मी, स्रस्टा, सर्जकहरुको नियामक निकाय चलचित्र विकास बोर्डमार्फत नेपाल सरकारले ‘चलचित्रकर्मीहरुको स्वास्थ्य बीमा कार्यक्रम, २०८२’ अघि सारेको हो...