अख्तियारले तान्यो करछली गर्ने वर्ल्डलिंक, मर्कन्टाइलसहितका ९ ठूला इन्टरनेट कम्पनीको फाइल
काठमाडौं । अर्बौं रुपैयाँ कर छली गरेर राज्यलाई नोक्सानी गर्ने मर्कन्टाइल, वर्ल्डलिंक, भायानेटसहितका ९ ठूला इन्टरनेट कम्पनीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । त्यसरी कर छली गर्नेमा मर्कन्टाइन, वर्ल्डलिंक, भायानेट, सुबिसु, क्लासिक टेक, टेकमाइन्ड्स नेटवर्क, वेभसर्फर, पोखरा...
वित्तीय ठगहरुबाट जोगिन राष्ट्र बैंकको आग्रह (सूचनासहित)
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वित्तीय ठगीबाट आफु र अरुलाई बचाउन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै नचिनेको व्यक्तिको लहलहैमा लागेर पैसा पठाउने वा खाताका विवरण उपलब्ध नगराउन आग्रह गरेको हो । राष्ट्र बैंकका अनुसार ह्वाट्सएप,...
स्वरोजगार तथा विदेशबाट फर्किनेहरुका लागि सातै प्रदेशमा सीप परीक्षणको आवेदन खुल्यो (विज्ञापनसहित)
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) अन्तर्गतको राष्ट्रिय सीप परीक्षण समितिले सात वटै प्रदेश र काठमाडौं उपत्यकामा सीप परीक्षणको आवेदन माग गरेको छ । सहुलियत शुल्कमा सञ्चालन हुने पूर्व सिकाइको सी परीक्षणमा सहभागि हुन चाहने स्वदशमै...
नगद लाभांश बुझिलिन तारागाउँ रिजेन्सी होटल्सको आग्रह
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले विभिन्न साधारण सभाबाट पारित नगद लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । कतिपय शेयरधनीले पारित लाभांश नगद बुझ्न नआएपछि कम्पनीले सूचना जारी गरेको हो । कम्पनीको शेयर रजिष्ट्रार कार्यालय एनआईसी एशिया क्यापिटल लिमिटेड,...
सामाजिक सुरक्षा कोषमा ४५ अर्ब संकलन, अनौपचारिक क्षेत्र समेटिनै बाँकी
काठमाडौं । सामाजिक सुरक्षा कोषमा झण्डै ४५ अर्ब रुपैयाँ संकलन भएको छ । सरकारले छैटौं सामाजिक सुरक्षा दिवस मनाउँदा हालसम्म ४४ अर्ब ८५ करोड रुपैयाँ संकलन भएको हो । कोषमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनातर्फ ७६ करोड १२...
नबिल बैंकले पायो ऋणपत्र बिक्री गर्ने अनुमति
काठमाडौं । नबिल बैंकले ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो । बोर्डले बैंकलाई प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ऋणपत्र बिक्री गर्न मंसिर...
मौद्रिक नीतिको प्रथम समीक्षा सार्वजनिकमा आलटाल गर्दै राष्ट्र बैंक, शेयर बजार र वित्तीय क्षेत्रमा राहतको बाटो खुल्ला गर्ने संकेत
काठमाडौं । राष्ट्र बैंकले यो साताको अन्त्यसम्ममा मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ । असोज मसान्तमा पहिलो त्रैमासिक अन्त्य भए पनि राष्ट्र बैंकले ढिलो गरी मौद्रिक नीतिको प्रथम समीक्षा सार्वजनिक गर्न लागेको हो । समयमै मौद्रिक...
कालिमाटीमा ८ रुपैयाँ केजी काउली फालाफाल, यस्तो छ आजको तरकारीको मूल्य
काठमाडौं । आज कालिमाटीमा सबैभन्दा सस्तो तरकारीको रुपमा काउली (स्थानीय) रहेको छ । कालिमाटी तरकारी बजारबाट प्राप्त सूचना अनुसार आज होलसेल मूल्यमा काउली प्रतिकेजी ८ रुपैयाँदेखि १२ रुपैयाँका दरले बिक्री वितरण भइरहेको छ । त्यस्तै, ज्यापु काउली प्रतिकेजी १५...
सिटिजन्स बैंकका ग्राहकले हेरिटेज फ्लोरिङमा छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसलन लिमिटेड र काठमाडौंको महादेवस्थानमा रहेको हेरिटेज फ्लोरिङस कार्पेट इन्डस्ट्रिबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता गरिएको छ । उक्त सम्झौतापश्चात् बैंकका कार्डबाहक ग्राहकले कम्पनीको उत्पादनमा १० प्रतिशतसम्मको छुट पाउने भएका छन् । यस प्रकारको सहकार्यबाट...
ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्नेछन् । किनभने यस कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधबार मंसिर १३ गते बुक क्लोज गर्दैछ...
कर्णाली प्रदेश सरकारसँग बीमा प्राधिकरणले गर्यो अन्तरक्रिया
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेतमा कर्णाली प्रदेश सरकारसँग मंसिर ११ गते बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले...
मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपश्चात् दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार...
डिशहोम फाइबरनेटको सान्दार १२ महिने योजना अफर सार्वजनिक
काठमाडौं । डिशहोम फाइबरनेट कम्पनीले हालसालै सार्वजनिक गरेको ईन्टरनेटका विभिन्न वार्षिक योजनाहरुमा भारी छुट रहेको छ । यस् अफर अन्तर्गत अब नयाँ ग्राहकले ५० एमबीपीएसको वार्षिक प्याकेज मात्र ६ हजार ६८५ रुपैयाँमा जडान गर्न सकिने भएको छ । साथै,...
महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत गर्न समझदारी
काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, महालक्ष्मी...
हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आजसम्म ३५ करोड बढीको आवेदन
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले पहिलो चरणमा निष्काशन गरेको आईपीओमा ३५ करोड ६० लाख ६६ हजार ८८० रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार आज अर्थात मंसिर ११ गते साँझ ५ः०८ बजेसम्म १९ हजार २९८ जनाले १७ लाख २८...
मुक्तिनाथ कृषि कम्पनीको आइपीओमा १ अर्ब बढी रुपैयाँको आवेदन
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओमा १ अर्ब १५ करोड २३ लाख १५ हजार रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार आज अर्थात मंसिर ११ गते साँझ ५ः०८ बजेसम्ममा १० लाख ५७ हजार ८२८ जना आवेदकले १ करोड...
गुल्मीमा बीमा कम्पनीहरुसँग प्राधिकरणले गर्यो अन्तरक्रिया
काठमाडौं । नेपाल बीमा प्राधिकरणले गुल्मी जिल्लाको तम्घासमा जीवन तथा निर्जीवन बीमा कम्पनीका शाखा प्रमुखसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले बीमा सम्बन्धि नाम नागरिकका समस्याहरु सामाधान गर्ने उदेश्यले उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा प्राधिकरणले...
छैठौं सामाजिक सुरक्षा दिवस भव्यताका साथ सम्पन्न, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन
काठमाडौं । छैठौं सामाजिक सुरक्षा दिवस भव्यताका साथ सम्पन्न भएको छ । प्रमुख अतिथि प्र्रधानमन्त्री पुष्प कमल दहाल ‘प्रचण्ड’ले उक्त वार्षिक उत्सवका कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका मानिसलाई मात्र...
हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिन राष्ट्र बैंकले गर्यो नयाँ व्यवस्था (मापदण्डसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नयाँ नीतिगत व्यवस्था गरेको छ । राष्ट्र बैंकले सोमबार हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रिया व्यवस्था, २०८० जारी गरेको हो । यस किसिमको...
दुर्गा प्रसाईंलाई प्रधानमन्त्री प्रचण्डको सुझाव– ‘पछाडि फर्किनेहरुको इतिहास लेखिन्न’
काठमाडौं । नागरिक बचाऊको नाममा अनिश्चितकालीन आन्दोलन छेडेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रधानमन्त्री प्रचण्डले पछाडि फर्किनेहरुको इतिहास नलेखिने भन्दै प्रतिगमनको बाटो नरोज्न सुझाव दिएका छन् । सामाजिक सुरक्षा कोषको छठौं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले प्रसाईं समूहले छेडेको आन्दोलनतर्फ लक्षित...



















