‘धेरै ऋण, कम आम्दानीः रणनीति अभावले बजार गुमाउँदै शुभश्री र अग्नी सिमेन्ट’

काठमाडौँ । एक समय सिमेन्ट उद्योगमा सम्भावनाको गन्तव्यका रूपमा अगाडि बढेका शुभश्री अग्नि सिमेन्ट र अग्नी सिमेन्ट इन्डष्ट्रिज अहिले व्यापारिक संकटको दलदलमा फसेका छन्। उद्योग सञ्चालनमा ल्याएको एक दशक नपुग्दै दुई कम्पनीहरु धरासयीको बाटोमा अघि बढी रहेका हुन् ।...


यातायात कार्यालयमा भ्रष्टाचारः अर्कैको नामको लाइसेन्स सच्याएर अर्कैलाई वितरण

काठमाडौं । रुपन्देहीमा अर्कै व्यक्तिको नाममा जारी भइसकेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को विवरण नै फेरेर अर्कै व्यक्तिलाई दिएको पाइएको छ। ट्रायल नै नदिएकी रुपन्देहीकी सभ्यता केसीले यातायात कार्यलयमा सेटिङ हानेर अरूले ट्रायल कटाएर जारी गरेको लाइसेन्स सच्याउन...


डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते

काठमाडौं । केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छभने अन्य आठजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१००१ ज १४६४ नम्बरको जिप दुर्घटना हुँदा...


बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको...


२ अर्ब ५० करोड हिनामिना गरेर फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका पूर्व सीईओ राय पक्राउ

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेर फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा संस्थापक अध्यक्ष राजेन्द्र वीर रायलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको अनुसन्धान...


प्रभु महालक्ष्मी लाइफको अभिकर्ता नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अभिकर्ता नेतृत्व बिकास तथा क्षमता अभिबृद्धि कार्यक्रम कैलालीको लम्किमा सम्पन्न भएको छ ।कम्पनीका बीमा योजना त्यसका फाइदा सहित वार्षिक स्किम ,मासिक स्किमबारे गहन छलफल गरिएको कम्पनीको लम्कि शाखाले जनाएको छ । प्रदेश प्रमुख...


रेशम गौतमको अध्यक्षतामा पेशागत बीमा अभिकर्ता संघ हिमालयन लाइफ बीमक समिति गठन

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बीमक संघ गठन भएको छ । पोखराको होटल ग्राण्डीमा शनिबार सम्पन्न भएको केन्द्रीय अधिवेशनले रेशम गौतमको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको हो ।...


शिव श्री हाइड्रोपावरले बोलायो साधारण सभा, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । शिव श्री हाइड्रोपवार लिमिटेडले आउँदो असार ८ गते बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले सभामा शेयरधनीका लागि लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। सभाले कम्पनीको गत आर्थिक...


६५ रूपैयाँमा झर्यो मालदह आँपको भाउ, अरू फलफूल र तरकारीको कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (जेठ १८ गते) का लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार आज मालदह र दसहरी आँपको भाउ किलोमा १० रूपैयाँले घटेर क्रमशः ६५ रूपैयाँ र ८० रूपैयाँ प्रतिकिलो...


आज भोटो जात्राः काठमाडौं उपत्यकामा सार्वजनिक बिदा, नेप्से बन्द रहने

काठमाडौं । आज काठमाडौं उपत्यकामा वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा मनाइँदैछ। यस अवसरमा सरकारले आज काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिएको छ। भोटो जात्रा रथयात्राको अन्तिम दिनमा मनाइने परम्परागत पर्व हो जुन प्रत्येक वर्ष...


डिजेल, मट्टितेल र पेट्रोलको भाउ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको भाउ बढाएको छ। निगमको सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १ रूपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ भाउ बढाएको हो। भाउ बढेसँगै पहिलो, दोस्रो...


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (जेठ १८ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.६३ रूपैयाँ र बिक्रीदर १३७.२३ रूपैयाँ कायम गरिएको छ। युरोपियन युरो एकको खरीददर १५४.८३ रूपैयाँ र बिक्रीदर...


निफ्राको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आजदेखि ७ वर्षे अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर भएको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६%–२०८८/८९’ निष्कासन गरेको छ। बैंकले प्रतिकित्ता अंकित मूल्य १ हजार रूपैयाँका दरले ५० लाख कित्ता ऋणपत्र निष्कासन...


एनएमबि बैंकका ग्राहकलाई हिल्टन काठमाडौंमा १५ प्रतिशत छुट

काठमाडौँ ।  एनएमबि बैंक र हिल्टन काठमाडौं बीच एनएमबि बैंकका कर्मचारी र ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको छ । उक्त सम्झौता पत्रमा एनएमबि बैंकका ग्राहकहरुले हिल्टन काठमाडौंमा एनएमबि बैंकको कार्ड ( डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट...


‘राजा फर्काऊ, राष्ट्र जोगाऊ!’ भन्दै भाेलि नारायणहिटी राजदरवार अगाडि प्रदर्शन हुने

काठमाडौँ । राजावादी राजनीतिक दलहरूले आज पनि व्यवस्था विरोधी आन्दोलनलाई निरन्तरता दिएका छन्। काठमाडौंको माईतीघर मण्डलामा उनीहरूले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति विरोध जनाएका छन्। जेठ १५ गतेदेखि सुरु भएको यो आन्दोलनमा राजतन्त्र पुनःस्थापना र हिन्दु राष्ट्र कायम गर्नुपर्ने मागसहित...


१५ दिनअघि नै भित्रियो मनसुन, सरदरभन्दा बढी वर्षा हुने सम्भावना

काठमाडौं । नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जनाएको छ...


अटोमोबाइल क्षेत्रको लामो प्रतिक्षित माग समेटिएको बजेटमा नाडाको उत्साहपूर्ण स्वागत

काठमाडौं । नेपाल सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को बजेटप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सकारात्मक प्रतिक्रिया व्यक्त गरेको छ। नाडाले नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील र चलायमान बनाउने उद्देश्यले विभिन्न मितिमा सरकारका सम्बन्धित मन्त्रालय तथा विभागहरूमा नीतिगत सुझाव र...


खल्ती र कनेक्ट आइपिएसको नाममा करोडौंको ठगीः ग्राहकको पैसा दाउमा, गहिरो निन्द्रामा नियामक

काठमाडौँ । डिजिटल प्रविधिको प्रयोगले जीवन सहज बनाउँदै लगिरहेको वर्तमानमा नेपाली नागरिकले बिश्वास गरेका डिजिटल वालेट प्रणालीहरू खल्ती र कनेक्ट आइपिएस नै अहिले ठगीको नयाँ हतियार बनेका छन् । वालेट सेवाको नाम दुरुपयोग गर्दै अनधिकृत व्यक्तिहरूले लाखौं प्रयोगकर्ताको खातामा...


कुमारी बैंकको एटीएम तथा पीओएसमा मास्टर कार्ड प्रयोग गर्न सकिने

काठमाडौँ। कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा मास्टर कार्ड स्वीकार गर्ने भएको छ । डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्दै ग्राहकहरुलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ्गको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ, यो सुविधा नेपाल...


अटो व्यवसायमा स्थायित्व र विस्तारको आशा: नाइमाद्वारा बजेटको स्वागत, दीर्घकालीन नीति निर्माणमा जोड

काठमाडौं ।  आर्थिक वर्ष २०८२/८३ का लागि संघीय संसदमा प्रस्तुत बजेट वक्तव्यप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले सकारात्मक धारणा सार्वजनिक गरेको छ। अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रवर्द्धनमा केन्द्रित बजेटीय व्यवस्थाको स्वागत गर्दै नाइमाले यसले व्यवसायीहरूमा दीर्घकालीन...