शिक्षित युवालाई विनाधितो २० लाखसम्म सहुलियत कर्जा दिने घोषणा

काठमाडौं । सरकारले शिक्षित युवालाई उद्यम गर्न विनाधितो २० लाख रुपैयाँसम्म कर्जा दिने घोषणा गरेको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषण गर्दै वार्षिक तीन प्रतिशत ब्याजदरमा उक्त कर्जा दिने बताएका हुन्। शिक्षित युवालाई उद्यमशील र स्वरोजगार...


कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने

काठमाडौं । कैलालीको गेटामा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै विश्वविद्यालय सञ्चालन गर्ने घोषणा गरेका हुन् । अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षमा विश्वविद्यालय सञ्चालनमा...


नागढुंगा र सिद्धबाबा सुरुङमार्गलाई २ अर्ब ६० करोड बजेट

काठमाडौँ । सरकारले नागढुंगा र सिद्धबाबा सुरुङमार्ग निर्माण सम्पन्न गर्नका लागि २ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट प्रस्तुत गर्दै बिहीबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त जानकारी दिएका हुन् । ‘नागढुंगा...


अब सरकारले बिजुलीको शुल्क समय अनुसार फरक गर्ने

काठमाडौँ । सरकारले समय अनुसार बिजुलीको शुल्क फरक गर्ने भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२।८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । ‘औद्योगिक तथा गार्हस्थ्य ग्राहकको लागि विद्युत्को...


महिलाको नाममा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने

काठमाडौँ । सरकारले महिलाका नाममा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यो व्यवस्था मिलाएको घोषणा गरेका हुन् । ‘महिला लक्षित उद्यमशीलताको माध्यमबाट रोजगारी तथा स्वरोजगारीका अवसर वृद्धि गरिने छ...


आईटी क्षेत्रमा एआई सेन्टरदेखि भूउपग्रहसम्मका योजना, बजेट ७४ करोड

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटमा सूचना तथा प्रविधि क्षेत्रमा व्यापक योजनाहरू सार्वजनिक गरिएका छन् । अर्थमन्त्री विष्णु पौडेलले संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै डिजिटल पूर्वाधार निर्माण र प्रविधि इकोसिस्टम विकासका लागि ७४ करोड रुपैयाँ...


कुन मन्त्रालयले कति पाए बजेट ?

काठमाडौँ । सरकारले मन्त्रालयका लागि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट भाषणा गर्दै बजेट सुनाएका हुने । स्वास्थ्य मन्त्रालयको लागि सर्वाधिक बजेट ९५ अर्ब ८१ करोड रुपैयाँ छुट्याएको छ । कृषि तथा पशुपंक्षी...


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट

काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बिहीबार संघीय संसद बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिएका हुन् ।


स्वास्थ्य बीमा कार्यक्रमको लागि १० अर्ब बजेट विनियोजन, बाँकी दावी रकम यसै वर्ष भुक्तानी गरीने

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रमको पुनःसंरचना गरीने बताएका छन् । बिहीबार आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै उनले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा सम्बन्धि कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र दायरा...


सहकारी पीडित बचतकर्तालाई सरकारले कसरी दिँदैछ राहत ?

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि ७ अर्ब ४९ करोड रुपैयाँ विनियोजन गरेका छन् । बिहीबार आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले उक्त...


स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई स्वयंसेवक शिक्षकका रुपमा परिचालन गर्ने

काठमाडौं । सरकारले स्नातक तह उर्तिण गरेका विद्यार्थीलाई स्वयंसेवक शिक्षकका रुपमा परिचालन गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा यस्तो घोषणा गरिएको हो ।


सरकारले निर्यातजन्य व्यवसायका लागि विदेशमा व्यवसाय गर्न पाइने घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै निर्यातजन्य व्यवसायका लागि विदेशमा व्यवसाय सञ्चालन गर्न दिने घोषणा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा प्रस्तुत गरेको बजेट भाषणमा यो जानकारी दिएका हुन्। अर्थमन्त्री पौडेलले भने, ‘निर्यातजन्य...


श्रम मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ। आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले श्रम मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन...


उद्योग दर्तादेखि बन्दसम्मका काम एकै ठाउँबाट

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले उद्योग दर्तादेखि बन्द (बाहिरिने) प्रक्रिया समेत एउटै स्थानबाट सहज रूपमा हुने व्यवस्था मिलाउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले मंगलबार संसदमा बजेट प्रस्तुत गर्दै अबदेखि कम्पनीको दर्तादेखि बहिर्गमनसम्मका सम्पूर्ण प्रक्रिया एकलविन्दु...


नेपालीलाई विदेशमा लगानी गर्ने बाटो खुल्यो

काठमाडौं । सरकारले नेपाली उद्योगहरुलाई विदेशमा लगानी गर्न दिने भएको छ । नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत जानकारी गराएका हुन् । नेपालबाट विदेशमा विक्री वा अर्धप्रशोधित सामग्री निर्यात गरी...


बढ्यो वृद्ध भत्ता पाउने उमेर

काठमाडौँ । सरकारले वृद्ध भत्ता पाउने उमेर बढाएको छ । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२(८३ को बजेट प्रस्तुत गर्दै अब वृद्ध भत्ता पाउने उमेर ७० वर्ष कायम भएको बताएका हुन् । सरकारले...


प्लाष्टिकका झोला प्रयोगमा रोक लगाउने सरकारको घोषणा

काठमाडौं । सरकारले प्लाष्टिकका झोला प्रयोगमा रोक लगाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट सार्वजनिक गर्दै प्लाष्टिकका झोला प्रयोगमा रोक लगाइएको घोषणा गरेका हुन् । उनले मंसिरदेखि यो नियम लागू हुने जानकारी दिएका हुन्...


राज्यबाट सुविधा प्राप्त गर्न छुट्टै परिचयपत्रको व्यवस्था, नागरिक एपमा जोडिने

काठमाडौं । सरकारले राज्य सुविधा परिचयपत्रका लागि छुट्टै परिचयपत्रको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमार्फत सम्बन्धित परिवार स्वयंलाई आफ्नो विवरण उपलब्ध गराउने व्यवस्था सहित परिचयपत्रको व्यवस्था गरिने घोषणा गरेका हुन्...


कृषि मन्त्रालयको लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजना भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले बजेटबारे जानकारी गराइरहेका...


संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि १३ अर्ब २८ करोड विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि कुल १३ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार संसदमा प्रस्तुत गरेको बजेट भाषणका क्रममा यो जानकारी दिएका...