बीमा प्राधिकरणको बार्षिक नीति तथा कार्ययोजना भोलि, गोदावरीमा हुँदैछ छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्ष २०८२।०८३ को बार्षिक नीति तथा कार्ययोजनामाथि भोलि शुक्रबार छलफल गर्दैछ । प्राधिकरणले ललितपुरको गोदावरीमा एक दिवसीय आवासीय कार्यक्रम राखेर बार्षिक बीमा नीति तथा प्राधिकरणको कार्ययोजनामाथि छलफल गर्न लागेको हो । बीमा...


नेपाल बीमा प्राधिकरण कोशी र गण्डकी प्रदेशले कहिले गर्दैछन् अभिकर्ता परीक्षा ?

काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश र गण्डकी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । दुबै प्रदेशहरुले अभिकर्ता परीक्षा सञ्चालन गर्ने सम्बन्धि सूचना प्रकाशित गरी जानकारी दिएका हुन् । कोशी प्रदेशले आइतबार अर्थात असार १५ गते...


एसवाई प्यानल आईपीओ ल्याउँदै, ब्रान्ड विस्तारका लागि ‘फेस अफ एसवाई’ मा करोडौंको प्रतिस्पर्धा

काठमाडौं  । दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी एसवाई ग्रुपको नेपाली शाखा एसवाई प्यानल नेपालले सर्वसाधारणका लागि शेयर निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाएको छ। कम्पनीका निर्देशक विमलराज गोसाइँका अनुसार यसका लागि नेपाल धितोपत्र बोर्डमा आवश्यक आवेदन पेश भइसकेको छ। चितवनमा उद्योग...


राष्ट्रिय परिचयपत्रको डाटा विदेशीको सर्भरमा, जनताका गोप्य विवरण असुरक्षित

काठमाडौँ । नागरिकलाई डिजिटल पहिचान दिन भन्दै सरकारले सुरु गरेको राष्ट्रिय परिचयपत्र प्रणाली हाल संवेदनशील मोडमा पुगेको छ । आँखाको नानीदेखि औंलाछाप, हस्ताक्षर, नागरिकता विवरण र व्यक्तिगत जानकारीसम्मको डाटा सरकारले संकलन गरिरहेको छ । तर ती विवरण कुन प्रणालीमा...


एचआईडीसीएलको कम्पनी सचिवमा रमेश पनेरू नियुक्त

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को कम्पनी सचिवमा रमेश पनेरू नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको बैठकले कामय मुकायम प्रमुख प्रबन्धक (वित्त) पदमा कार्यरत रमेश पनेरूलाई सचिवको अतिरिक्त जिम्मेवारी तोक्ने निर्णय गरेको हो। साथै अतिरिक्त...


हिमालयन लाइफ इन्स्योरेन्सका कर्मचारी तेज बहादुर भण्डारीको उपचारको क्रममा मृत्यु

काठमाडौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्मचारी तेज बहादुर भण्डारीको मृत्यु भएको छ । कम्पनीको चितवनस्थित नारायणी शाखा कार्यालयमा मार्केटिङ अफिसरका रुपमा कार्यरत भण्डारीको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो । मंगलबार अर्थात असार १० गते एक्कासी स्वास्थ्यमा...


नेपाल क्षेत्रीय ऊर्जा सहकार्यमा अग्रसरः मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षाका लागि नवप्रवर्तनात्मक सहकार्य अनिवार्य रहेको धारणा व्यक्त गरेका छन् । चीनको जेझियाङ प्रान्तस्थित निङ्बो सहरमा “Integrate Innovation for Energy Future” भन्ने मूल नारासहित आयोजित शाङ्हाइ सहयोग संगठन (SCO) को...


श्वेतगंगा हाइड्रोपावरको संस्थापक शेयरको ‘लक-इन’ अवधि साउन १७ मा समाप्त हुँदै

काठमाडौँ । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडका संस्थापक, कर्मचारी तथा स्थानीयवासीले पाएको शेयर अब शेयर बजारमा कारोबार गर्न योग्य हुने भएका छन् । साउन १७ गतेपछि उनीहरुले होल्ड गरेको सेयरमा रहेको ‘लक-इन’ अवधि समाप्त हुनेछ । कम्पनीले सर्वसाधारणका लागि...


चिकित्सक डा. प्रकाश वाग्ले दशकदेखि बीमा व्यवसायमा जम्दै, ७३ जिल्लाका नागरिकको बीमा गरेर नयाँ रेकर्ड

मध्य नेपालको चितवन र आसपासका क्षेत्रमा जीवन बीमा र स्वास्थ्य क्षेत्रमा चिरपरिचित नाम हो, डा.प्रकाश वाग्ले । तर, जीवन बीमा क्षेत्रमा वाग्लेले निभाएको भूमिका देशका अन्य बीमा अभिकर्ताहरुले समेत अनुशरण गर्न लायककै देखिन्छ । दिनभरि बिरामीको सेवा गर्नु अनि...


बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको...


प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही शनिबार युरोपेली मुलुक स्पेनमा औपचारिक भ्रमणमा जाने भएका छन्। स्पेन भ्रमणको क्रममा असार १६ गतेदेखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिनेछन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो...


आज गोलभेँडा २७, बन्दा २५ र लाम्चे भन्टा १० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असार १२ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेँडा २७ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ र लाम्चो भन्टा १० रुपैयाँ...


छ्याङ्दी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ। यसअघि आज निष्कासन बन्द गर्ने भनिएकोमा पर्याप्त आवेदन नपरेपछि म्याद थप गरेर असार २७ गतेसम्म कायम गरिएको हो। कम्पनीले प्रतिकित्ता १००...


काठमाडौंमा बाढीले बगाइरहेको कारबाट महिलाको उद्धार

काठमाडौं । काठमाडौंको टोखास्थित विष्णुमति खोलाले बगाइरहेको कारबाट एक जना महिलाको उद्धार गरिएको छ । गएराति करीब १० बजे टोखा नगरपालिका–६ स्थित ग्रान्डी अस्पताल पछाडिको सडकबाट बा.प्र. ०१–०३१ च ६१४१ नम्बरको कार खोलामा खस्दा त्यसमा सवार महिला फसेकी थिइन्।...


एसईईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अबको एक साताभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले हाल कक्षा १० को परीक्षाको उत्तरपुस्तिका परीक्षण सम्पन्न भइसकेको र अब प्राप्ताङ्क इन्ट्री र विवरण...


आज चार प्रदेशमा भारी वर्षाको सम्भावना, तराईका केही स्थानमा हावाहुरी

काठमाडौं । आज असार १२ गते देशभर मनसुनी प्रभाव सक्रिय रहेकाले मौसम आंशिकदेखि पूर्ण बदली हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने...


डलरको भाउ बढ्यो, अन्य मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार १२ गतेका लागि तोकेको विदेशी मुद्रोको विनिमयदर अनुसार डलरको भाउ १६ पैसाले बढेको छ। यस दिन एक अमेरिकी डलरको खरीदमूल्य १३७.४३ रुपैयाँ र बिक्रीमूल्य १३८.०३ रुपैयाँ कायम भएको छ। यता एक यूरोको खरीददर...


लाइफ कम्प्युटर वेबसाइट प्रतियोगिता सिजन –७: नेपालको प्रविधि क्षेत्रमा युवा आविष्कारकहरूको प्रवर्द्धन

काठमाडौं । लाइफ कम्प्युटरले हालै आफ्नो बहुप्रतिक्षित वेबसाइट प्रतियोगिता सिजन ७ को समापन गरेको छ, जसको नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम २०८२ सालमा भव्यताका साथ सम्पन्न भएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित यस कार्यक्रमले युवा प्रतिभाहरूलाई...


राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल सानिमा बैंकको प्रोमोटर सेयरधनी, स्वार्थ बाझिने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल एक निजी बैंकको प्रोमोटर सेयरधनी भएको पाइएको छ । सम्पत्ति विवरणमार्फत उनी सानिमा बैंकको ‘प्रोमोटर सेयरधनी’ रहेको खुलासा भएको हो । पौडेलले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीसँग करिब १८...


एक वर्षभित्र संस्थान बेचेर निजि क्षेत्रलाई दिने मन्त्री भण्डारीको उद्घोष

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अबको एक वर्षभित्र सरकारले संस्थान बेच्ने उद्घोष गरेका छन् । आइएमई ग्रुपले नेपालमै पहिलोपटक सुरु गरेको फाइबर सिमेन्ट बोर्ड उत्पादनको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले भने, ‘हामी अब प्रतिस्पर्धी बन्न चाहन्छौं।...