गार्डियन माइक्रो लाइफको शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त
काठमाडौं । गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड नियुक्त भएको छ। यससँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण काम हिमालयन...
आर्दश गाउँपालिकाः सडक मर्मतमा २५ लाख अनियमित, सवारी मर्मतमा ४५ लाख झ्वाम
काठमाडौँ । महालेखा परीक्षकको २०८०।०८१ को वार्षिक प्रतिवेदन अनुसार डोटीको आदर्श गाउँपालिकामा ठूला अनियमितता फेला परेको छ । प्रतिवेदनले सडक मर्मत, खाना–खाजा, सवारी मर्मत, घर भाडा, दिवा खाजा र न्यानो झोला कार्यक्रमका क्रममा विभिन्न तहमा अनियमित खर्च भएका विषय...
रसुवा नाकामा हुँदा तस्करीमा संलग्न अधिकारी विरगंज भन्सारमा नयाँ सेटिङ गर्दै
काठमाडौं । नेपालको रसुवा नाकामा तस्करहरुसँग मिलेर लाखौं रुपैयाँको सेटिङ गर्दै आएका तत्कालिन अधिकृतको भरतराज अधिकारीले विरगंज भन्सारमा नयाँ सेटिङ गर्दै आएका छन् । २०७८ साल कात्तिक १३ गते रसुवा नाकामा जाँचपास गर्दा अधिकारीले लापरबाही गरेका थिए । त्यसपछि...
बैंकहरुले ग्राहक ठग्न खोजे तुरुन्त कारबाही हुन्छः गभर्नर पौडेल
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कुनैपनि बैंकले ग्राहकलाई ठगी गरे तत्काल कारबाही गर्ने चेतावनी दिएका छन्। जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासंघ र बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरुसँग सोमबार सम्पन्न छलफलका क्रममा गभर्नर पौडेलले बैंकहरु ग्राहकलाई...
लिवर्टी माइक्रो लाइफद्वारा दलित, भूमिहीन र अति बिपन्न ८७ परिवारको लघु जीवन बीमा
काठमाडौं । लिवर्टी माइक्रो लाइफले जीवन बीमाको महत्व बुझाउँदै लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका–७ ले आर्थिक रूपमा अति बिपन्न, भूमिहीन र दलित समुदायका ८७ घरधुरीलाई सामूहिक रूपमा म्यादी लघु जीवन बीमा गरिदिएको छ। बीमालेख वडा कार्यालयमै आयोजित एक कार्यक्रममा वडा...
नक्कली सर्टिफिकेट देखाएर सव–इन्जिनियर बनेका दिपेन्द्र कुमार झाविरुद्ध मुद्दा
काठमाडौं । सप्तरीको तिलाठी कोईलाडी गाउँ कार्यपालिकाका तत्कालीन सव–इन्जिनियर (प्राविधिक सहायक) दिपेन्द्र कुमार झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ। झाले सव–इन्जिनियर पदमा करास नियुक्ति लिनका लागि पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारमा उजूरी परेपछि...
तेल बजारमा फेरि हलचल : इजरायल-इरानको युद्धबाट विश्व बजार प्रभावित, नेपालमा के पर्छ असर ?
काठमाडौँ । इजरायलको आक्रमणपछि इरानले दिएको कडा प्रत्युत्तरले विश्वव्यापी वित्तीय बजारमा एकाएक अस्थिरता निम्त्याएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्ररुपमा बढ्दै गएका बेला दुवै मुलुकबीच सप्ताहन्तभर चलेको मिसाइल र ड्रोन आक्रमणपछि भने तेलको मूल्य केही घटेको देखिएको छ।...
अब वर्षायाममा पनि मेलम्चीको पानी निर्वाध रुपमा काठमाडौंमा बितरण हुन्छः मन्त्री यादव
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले अब बर्षायामको समयमा पनि मेलम्चीको पानी निर्वाध रुपमा काठमाडौँवासीका घर घरमा बितरण हुने बताएका छन् । सोमबार मेलम्ची स्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको स्थलगत रुपमा अनुगमन तथा निरीक्षण पश्चात मन्त्री यादवले अब...
एससीटी–यूपीआई कार्डबाहक ग्राहकलाई मौलाकाली केवलकारमा छुट
काठमाडौं । एससीटी–यूपीआई कार्डबाहक ग्राहकले मौलाकाली केवलकारमा १० प्रतिशत छुट प्राप्त गर्ने भएका छन्। एससीटी–यूपीआई कार्ड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले जारी गरेको हो। मौलाकाली मन्दिर समुन्द्री तहबाट १ हजार ८४१ फिटमाथि...
पुँजीभन्दा ३.१६ गुणा बढी ऋण बोकेको त्रिवेणी मोटोकर्प, डिएफएसी डोङफेङको बिक्री सुस्त
काठमाडौँ । नेपाली अटो बजारमा ठूलो चर्चा र महत्वाकांक्षासहित भित्रिएको त्रिवेणी मोटोकर्प सुरुवाती चरणमै चुनौतीमा परिरहेको छ । व्यापारिक सञ्चालन सुरु गरेको केही महिनामै कम्पनीको आर्थिक अवस्था र सञ्चालन क्षमतामाथि प्रश्न उठ्न थालेका छन् । त्रिवेणी समूह अन्तर्गत सन्...
पियोर इनर्जीको कम्पनीको सचिवमा उन्नति अमात्य नियुक्त
काठमाडौं । पियोर इनर्जी लिमिटेडको कम्पनी सचिव तथा परिपालन अधिकृतमा उन्नति अमात्यलाई नियुक्त गरिएको छ । कम्पनी सञ्चालक समितिको जेठ २८ गते बसेको समितिको बैठकको निर्णयले काठमाडौं महानगरपालिका २५ मा बसोबास गर्ने अमात्यलाई कम्पनी सचिव पदमा नियुक्त गरीएको हो...
मोदी इनर्जीको सञ्चालकमा दिपा अग्रवाल
काठमाडौं । मोदी इनर्जी लिमिटेडको सञ्चालकमा संस्थापक शेयरधनी दिपा अग्रवाललाई नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको असार २ गते बसेको समितिको बैठकको निर्णयले सञ्चालकमा अग्रवाललाई नियुक्त गरेको हो ।
मेयर हर्क साम्पाङद्वारा श्रमदानलाई निरुत्साहित नगर्न चेतावनी
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदानलाई निरुत्साहित गर्ने र बदनाम गर्ने प्रयास रोक्न सबैलाई कडा चेतावनी दिएका छन्। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले श्रमदान कुनै राजनीतिक स्वार्थ वा लाभको लागि नभई जनताको साझा हित र विकासका...
सुनापति गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणले रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा बीमा सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । सोमबार गाउँपालिकामा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, आम नागरिक, किसान, शिक्षक लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रकमको सभाध्यक्षता नेपाल बीमा...
असारे विकासमा बालेनको रोक, भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न नपाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आर्थिक वर्षको अन्त्यमा अनावश्यक रुपमा सडक खनेर विकास गरेको भन्दै बजेट पचाउने कार्यको अन्त्य गराएका छन् । काठमाडौं महानगरपालिकाले असार १ देखि भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक लगाएको...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो...
यूनाइटेड अजोडको सञ्चालकमा विलसन मान रंजित नियुक्त
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको रिक्त सञ्चालक समितिमा विलसन मान रंजित नियुक्त भएका छन्। कम्पनीको असार २ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट रंजितलाई नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई बाँकी अवधिका लागि नियुक्त गरिएको...
सिन्धुपाल्चोकको तीन ठाउँमा पहिरो गएपछि अरनिको राजमार्ग पूर्णरूपमा बन्द
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको कोदारी, लार्चा र कोप्लाङमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्णरूपमा बन्द भएको छ। प्रहरीका अनुसार कोदारीमा असार १ गते तथा लार्चा र कोप्लाङमा असार ३ गते पहिरो गएकाले अरनिको राजमार्ग पूर्णरूपमा बन्द भएको हो। त्यस्तै...
हरियो धनियाँको भाउ एकैदिन दोब्बरले वृद्धि
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तोकेको मूल्यअनुसार हरियो धनियाँको भाउ दोब्बरले वृद्धि भएको छ। अघिल्लो दिन २७ रुपैयाँ प्रतिकिलो औसत मूल्यमा किनबेच भएको हरियो धनियाँको भाउ आज दोब्बरले बढेर ५४ रुपैयाँ पुगेको हो।...
मोदी इनर्जीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । मोदी इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सहित यही असार १९ गते ज्ञानेश्वरस्थित रानी महल ब्याङ्क्वेटमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ। उक्त विशेष साधारणसभाले कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ९०...



















