राष्ट्रिय बीमा कम्पनीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। अनमोल क्याटरिङ्ग सर्भिस प्रालि, शंखमूल, काठमाडौंमा आयोजित सभाले आर्थिक वर्ष २०७३।७४ र २०७४।७५ का विवादास्पद वार्षिक प्रतिवेदनहरू पारित गरेको हो । सभाले अर्थ मन्त्रालयको प्रत्यक्ष...
सुपर लघुवित्तमा ३२ करोड अपचलन, सञ्चालक ज्योति चौधरी पुर्पक्षका लागि थुनामा
काठमाडौँ । दाङको सुपर लघुवित्त वित्तीय संस्थाका सञ्चालक ज्योति चौधरीलाई साढे ३२ करोड रुपैयाँभन्दा बढी रकम अपचलनको अभियोगमा पक्राउ गरिएको छ। चौधरीलाई २०८१ बैशाख ४ गते पक्राउ पुर्जी जारी भएपछि फरार भएका थिए, तर उनले आइतबार उच्च अदालत तुलसीपुरमा...
काठमाडौँ उपत्यकामा विषादीयुक्त रायोको साग, स्वास्थ्यका लागि खतरा
काठमाडौँ। काठमाडौँ र भक्तपुरमा उत्पादित रायोको सागमा अत्यधिक विषादीको मात्रा फेला परेको छ। कालीमाटी तरकारी बजार विकास समितिले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार, काठमाडौँ उपत्यकाका विभिन्न पसलहरूमा विषादीयुक्त साग बिक्री भइरहेको पाइएको हो । मंगलबार भक्तपुरमा उत्पादन गरिएको रायोको...
सरकार अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित छः अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषको पाँचौं समीक्षा मिसन टोलीसँग शिष्टाचार भेटका क्रममा अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा सुधार भइरहेको र नीतिगत...
विराटनगरमा कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । युएसएडसँगको साझेदारीमा “देशै भरि बर्षै भरि” उद्यमशीलता विकास एवं प्रवद्र्धनका लागि नियमित रूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले विराटनगर महानगरपालिका, मोरङ्गको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा...
लगानीकर्ता ठग्न अम्बे स्टीलको प्रिमियम आईपीओ, टाट पल्टिन लागेको कम्पनीलाई अनुमतिको चुनौती
काठमाडौँ । पछिल्लो समय वित्तीय सूचकमा दर्दनाक अवस्थामा रहेका कम्पनीहरू पनि आईपीओ जारी गर्ने प्रक्रियामा अघि बढेका छन् । बजारमा आईपीओ जारी गरेर सर्वसाधारण लगानीकर्ताबाट सहजै रकम उठाउन सकिने देखिएसँगै अहिले घाटामा रहेर बन्द हुन लागेका कम्पनीहरूमा आईपीओ ल्याउने...
हिमालयन लाइफको नारायणगढ शाखाद्वारा १७ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नारायणगढ शाखाले मृतक बीमितको परिवारलाई १७ लाख २३ हजार ५०० रुपैयाँ दाबी भुक्तानी गरेको छ। चितवनको भरतपुर महानगरपालिका–१४ निवासी बीमित कुम बहादुर तमाङको मृत्युपश्चात् उनकी श्रीमती यशु तमाङलाई बीमा दाबी बापत उक्त रकम...
बजारमा तरलता वृद्धिः ८० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
काठमाडौं । बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज ८० अर्ब रुपैयाँ तान्ने भएको छ । अल्पकालीन तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण प्रयोग गरी राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम तान्न लागेको हो । अनलाइन बिडिङ...
सोल्टी होटलको २६.८४ प्रतिशत नगद लाभांश शेयरधनीको खातामा जम्मा
काठमाडौँ । सोल्टी होटल लिमिटेडले आफ्ना शेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ । कम्पनीले मंसिर १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेको हो । होटलले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक...
फेरी हल्लियो काठमाडौँ, चीनको तिब्बतमा गएको भूकम्पको पराकम्प
काठमाडौँ । काठमाडौँ लगायतका पहाडी जिल्ला आज पनि हल्लिएका छन् । मंगलबार चीनको तिब्बतमा गएको ७.१ रेक्टरको भूकम्पको पराकम्पले आज फेरी काठमाडौं लगायतका पहाडी जिल्लालाई हल्लाएको हो । चीनको तिब्बत लगायतका स्थानमा गएको भूकम्पले अहिलेसम्म १२६ जना नागरिकको मृत्यु...
बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको...
महुली लघुवित्त र नारायणी विकास बैंकको शेयर बिक्रीमा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेका छन्। लघुवित्तले सर्वसाधारणका लागि र नारायणी बैंकले संस्थापक शेयरधनीका लागि शेयर बिक्रीमा राखेको हो। महुली लघुवित्त यस कम्पनीले संस्थापक शेयरधनी लक्ष्मी प्रसाद...
कालीमाटीमा तरकारीः गोलभेडा १७, काउली १५, कन्य च्याउ ६० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी तरकारी बजारमा आजको लागि मूल्य निर्धारण भएको छ। जसअनुसार सानो लोकल गोलभेडा १७ रुपैयाँ, लोकल बन्दा २० र स्थानीय काउली १५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी यस दिन कन्य च्याउ ६० र डल्ले च्याउ...
राष्ट्रिय जीवन बीमा कम्पनीको सिईओमा चार जनाको नाम सिफारिस
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) छनौटका लागि चार जनाको नाम सिफारिस गरिएको छ। यस कम्पनीले पहिलोपटक खुलाएको विज्ञापनमा प्रतिस्पर्धा गरेका सबैजना फेल भएपछि मंसिर ६ गते दोस्रो पटक पुनः विज्ञापन खुलाएको थियो। जसमा...
रेकर्ड मूल्यबाट झर्यो डलरको भाउ, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ उच्च मूल्यबाट तल झरेको छ। यस दिन डलरको खरिदमूल्य १३६.८५ रुपैयाँ र बिक्रीमूल्य १३७.४५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिनमात्रै डलरले नयाँ रेकर्ड मूल्य बनाउदै खरिदमूल्य १३७.०३ रुपैयाँ र बिक्रीमूल्य १३७.६३ रुपैयाँ पुगेको...
प्रतिकित्ता ४५० रुपैयाँमा सपोर्ट लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको ६००० कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको...
गार्डियन माइक्रो लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि बिक्री खुला गरिरहेको आईपीओ आवेदन दिने आज (पुस २४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरी बाँडफाँड गरेपछि सर्वसाधारणमा बिक्री खुला...
लाभांश पारित गर्न तीन कम्पनीको साधारणसभा आज बस्दै
काठमाडौं । आज पुस २४ गते लाभांश पारित गर्नका लागि तीनवटा कम्पनीहरूको साधारणसभा बस्दैछ। आज लक्ष्मी सनराइज बैंक, तारागाउँ रिजेन्सी होटल्स र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेनट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को साधारणभा बस्न लागेको हो। लक्ष्मी सनराइज बैंक यस बैंकले चुक्ता...
कैफियतको भारी र अडिटरको रायबिना नै राष्ट्रिय बीमा कम्पनीको साधारणसभा आज बस्दै, सञ्चालकको बैठक भत्ता बढाउनेमा मुख्य जोड
काठमाडौं । कैफियतको भारी र अडिटरको राय बिना नै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको साधारणसभा आज बस्दैछ । कम्पनीको मंसिर २८ गते बिहीबार बसेको सञ्चालक समितिको निर्णयले दोस्रो वार्षिक साधारण सभा आज अनमोल क्याटरिङ्ग सर्भिस प्रालि, शंखमूल काठमाडौंमा...
लघुवित्तहरुले अब एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्नुपर्ने
काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाले नेपाल वित्तीय प्रतिवेदनमान ९एनएफआरएस० अनुसार वित्तीय विवरण तयार गर्नुपर्ने भएको छ । हाल नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरका लघुवित्त वित्तीय संस्थालाई एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्नुपर्ने व्यवस्था गरेको छ । तर, चालु...




















