सलिको र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बीमा सम्बन्धि सम्झौता
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बीमा सेवा सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्र अनुसार सेती महाकाली ट्रक यातायात व्यवसायी संघ मा रहेका ट्रकहरुको मोटर बीमा सलिको...
ललितपुरको बुढीदेबी डाँडामा लागेको आगलागी अझै नियन्त्रण बाहिर, सबैलाई सचेत रहन आग्रह
काठमाडौं । ललितपुर जिल्लाको बागमती गाउँपालिका –४ मा रहेको प्युटारको बुढीदेबी डाँडामा लागेको आगलागी अझै नियन्त्रण बाहिर रहेको छ । मंगलबार साँझबाट लागेको आगालागी अझै नियन्त्रण नभएको हुँदा उक्त आगलागीबाट अन्यन्त्र समेत सर्ने सम्भावना भएकाले सम्पूर्ण नागरिकलाई सचेत रहन...
बिद्युत प्राधिकरणद्वारा पीपीए खुलाउने निर्णय
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले (पीपीए) खुलाउने सहितका तीन निर्णय गरेको छ । प्राधिकरणको मंगलबार बसेको सञ्चालक समितिको बैठकले विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) खुला गर्ने सहितका ३ निर्णय गरेको हो । मंगलबार बसेको सञ्चालक समिति बैठकले सरकारले १० वर्षमा...
एलआइसी नेपालका अभिकर्ताको अधिवेशन चैत १५ गते, सबैलाई उपस्थित हुन अनुरोध
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति एलआइसी नेपालको अधिवेशन चैत १५ गते हुने भएको छ । उक्त अधिवेशन मधेश प्रदेशको जनकपुर धाममा विहान ८ बजे सञ्चालन हुने छ । संस्थाको चौथो अधिवेशनलाई तोकिएकै मितिमा सम्पन्न गर्नको...
गरिसकेको काम फेरि गरेको भन्दै १४ लाख भ्रष्टाचारः गाउँपालिकाका पूर्वअध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा
काठमाडौं । बझाङ्गको खप्तडछान्ना गाउँपालिकाको सिम्लका घट्ट सिंचाई कुलो निर्माणमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अध्यक्ष वर्क बहादुर रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा दायर भएको छ। अख्तियारका अनुसार घट्ट सिंचाई कुलो निर्माण योजना आर्थिक वर्ष...
राप्ती हाइड्रो र बुद्धभूमि नेपाल सहित यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । बुधबार नेप्से परिसूचक बढेसँगै राप्ती हाइड्रोको शेयरमूल्य ५.२७ प्रतिशतले वृद्धि भएर ५२९ रुपैयाँ प्रतिकित्ता पुगेकोे छ। त्यस्तै बुद्धभूमि नेपाल हाइड्रोपवारको ५.५५ प्रतिशत, आरबिबि म्युचुअल फण्डको ५.३३ प्रतिशत, यूनाइटेड इदी मर्दीको ५.१७ प्रतिशत र मनकामना इन्जिनियरिङ हाइड्रोवारको ५.०५...
शेयर बजार ४० अंकले बृद्धि, सबै उपसूचकमा हरियाली
काठमाडौं । केहीदिन यता निरन्तर घटीरहेको शेयर बजार आज उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ४०.४७ अंकले बढेर २६२३.२१ को बिन्दुमा कायम भएको छ । बुधबार कारोबार भएका ३१७ वटा कम्पनीको ९१ लाख ४२ हजार कित्ता शेयर...
रिइन्स्योरेन्स कम्पनीमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार ४ अर्ब २० करोड ४४ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ। यस दिन हिमालयन रिइन्स्योरेन्स कम्पनीको मात्रै ४१ करोड ८६ लाख रुपैयाँबढीको शेयर कारोबार भएको हो। त्यसैगरी नेपाल रिइन्स्योरेन्स कम्पनीको ३१ करोड...
अपर तामाकोशीका कर्मचारी आन्दोलित, भत्ता सुविधा ७५ प्रतिशत पुर्याउन माग
काठमाडौं । खाइपाइ आएको सेवा सुविधामा विभेद गरिएको भन्दै मुलुककै ठूलो ५४६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । कम्पनीमा कार्यरत दोलखा जिल्लावासी र अन्य जिल्लाका कर्मचारीहरूबीच सेवा सुविधामा विभेद गरिएको भन्दै चार दिनदेखि उनीहरू चरणबद्ध...
बीमा प्राधिकरण, जीवन बीमक संघ र जापानको फालिया टोलिबीच भेटवार्ता, ‘बीमा निबन्ध प्रतियोगिता’ सञ्चालन गरिने
काठमाडौं । नेपाल बीमा प्राधिकरण, जीवन बीमक संघका पदाधिकारी र जापानको फालिया टोलीबीच भेटवार्ता भएको छ । नेपालमा उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि बीमा साक्षरता कार्यक्रमः ‘बीमा निबन्ध प्रतियोगिता’ बारे छलफल गर्न फालिया टोलीसँग भेटवार्ता गरेको बीमक संघले जनाएको...
एनआईसी एशिया बैंकको सप्ताहव्यापी कार्यक्रमः ४ हजार ५ सयबढी विद्यार्थी लाभान्वित
काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरताको अभिवृद्धि गर्ने उद्देश्यले देशभरका हजारौं विद्यार्थी तथा युवाहरुमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरी ‘ग्लोबल मनी वीक २०२५’ सम्पन्न गरेको छ। नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको यस वर्षको ‘ग्लोबल मनी वीक’ अन्तर्गत...
बैंकिङ्ग कसुरमा जिसस काभ्रेका प्रमुख दिपक कुमार गौतम पक्राउ
काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतमलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुरको आरोपमा गौतमलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी विरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेपछि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।...
इटहरीको सेन्ट्रल प्लाजाबाट १६ जनाको उद्धार, घटनास्थलमा सेनाको हेलिकप्टर परिचालन
काठमाडौं । सुनसरीको इटहरीस्थित सेन्ट्रल प्लाजामा भएको आगलागीबाट हालसम्म १६ जनाको उद्धार गरिएको छ। आगलागी नियन्त्रण तथा उद्धार कार्यमा सहयोग गर्न नेपाली सेनाको हेलिकप्टर समेत घटनास्थलमा परिचालित भएको छ। प्लाजामा अन्य मानिस पनि फसेको हुन सक्ने भएकाले नेपाली सेनाको...
रोजगारीको आकर्षक बिन्दु बन्दै बीमा क्षेत्र, ३७ कम्पनीमा १२ हजारबढी कर्मचारीले पाए काम
काठमाडौं । नेपाली बीमा क्षेत्र पछिल्लो समय राजगारीको लागि आकर्षण गन्तव्य बन्दै गएको छ । हाल सञ्चालनमा रहेका बीमा कम्पनीमा कुल १२ हजारबढी मानिसहरुले रोजगारी पाएका छन् । बीमा कम्पनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधा तथा क्षमता अभिबृद्धि तालिमले...
जीवन बीमा कम्पनीहरूले कुन प्रदेशबाट कति भित्र्याए व्यवसाय?
काठमाडौं । हाल नेपालमा सञ्चालित जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले फागुन महीनासम्म सातै वटा प्रदेशमा गरी जम्मा १ खर्ब ९ अर्ब ४३ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कम्पनीहरूले सावधिक, अग्रिम भुक्तानी सावधिक, रुपान्तरित सावधिक, बालबच्चा...
सुनसरीको सेन्टर प्लाजामा आगलागी
काठमाडौं । सुनसरी जिल्लाको इटहरी उपमहानगर –६ मा रहेको सेन्टर प्लाजामा आगलागी भएको छ । बुधबार प्लाजामा बिहान ९ बजेर ४३ मिनेटको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए । गलागी लगत्तै उक्त भवनभित्र रहेका...
कुलमानलाई बिना कारण किन हटाएको भन्दै विपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
काठमाडौं । विपक्षी दलहरूले विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई विना कारण हटाएको भन्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । सभामुख देवराज घिमिरेले बुधबारको सदन सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले उठेर अवरोध गरेका हुन् । त्यसपछि सभामुख घिमिरेले...
सिटी एक्सप्रेसको ‘१८औं वर्षमा १८ गुणा’ योजनाः उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न
काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो १८औं वार्षिकोत्सव अवसरमा सञ्चालन गरेको “१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा” योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौं कमलादीस्थित आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा कोरियाबाट निराजन ढकालले जी मनि ट्रान्समार्फत...
ईभी गाडीको भन्सार छलीमा तत्कालीन भन्सार प्रमुख शोभाकान्त पौडेलकै मिलेमतो !
काठमाडौं । बहु चर्चित इभीले भन्सार छली गरेको काण्डमा तत्कालिन भन्सार विभागका प्रमुख सह सचिव शोभाकान्ता पौडेलको समेत मौन समर्थन रहेको तथ्य भेटिएको छ । भन्सार छलीमा संलग्न भएका विवाईडीसहितका गाडीहरुले नेपालकै भन्सार हुँदै गाडीहरु नेपाल भित्राएको र सो...
स्वास्थ्य शिविरमा सानिमा बैंकको आर्थिक सहयोग
काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोरखाको शक्तिचोकमा नेपाली सेनाको रिपुमर्दन गण र शहीद लखन गाउँपालिले आयोजना गरेको स्वास्थ्य शिविरमा आर्थिक सहयोग गरेको छ। गोरखाको शहिद लखन गाउँपालिका वडा नं. ६, घैरुङ स्वास्थ्य चौकीमा संचालित उक्त...




















