नेपालको पाँच तारे स्तरका होटलमा कस्को छ लगानी र कुल पुँजी कति ?

काठमाडौं । नेपालमा सञ्चालित डिलक्ससहित पाँचतारे होटेलको सङख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यस वर्ष दुई वटा हेरिटेज बुटिकसहित तीन वटा होटेल पाँचतारे होटेलको वर्गीकरणमा परेका हुन् । पर्यटकहरु नेपाल भ्रमणमा आँउदा रोजाईमा पर्ने गरेको पाँच तारे...


जाल्पा लघुवित्त र किसान लघुवित्तलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति

काठमाडौं। नेपाल राष्ट्र बैंकले जाल्पा लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको छ । अन्तिम स्वीकृति पाएसँगै ती दुबै कम्पनीले मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्ने भएका छन्...


१७ बीमा कम्पनीको शेयर मूल्य घट्यो

काठमाडों । बीमा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । नेप्सेमा उकालो लागेपनि १७ वटा बीमा कम्पनीको शेयर मूल्य गिरावट आएको छ। जीवन तर्फका ६ कम्पनीको शेयर मूल्य घटेको छ भने निर्जीवन तर्फका १० र एक पुनर्बीमा कम्पनीको शेयर...


चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौँ । शेयर बजार एकल अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३७ अकंले बढेर २१२१.६२ बिन्दुमा बन्द भएको छ । बुधबार ३१२ कम्पनीको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८९...


एनआरएन इन्फ्रास्टक्चर सहित यी १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं। नेप्से उकालो लागेको छ। आज एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सिईडिबी, ग्रिन लाइफ, माउन्टेन इनर्जी, सोनापुर मिल्स, सानिमा जिआईसी, युनाईटेड इनर्जी, ग्लोबल आइएमई लघुवित्त, शिवम सिमेन्टस र वरुण हाईड्रोको सर्वाधिक कारोबार भएको छ।  


शेयर बजारमा उकालो यात्राको निरन्तरता, कारोबार पाँच अर्ब ८९ करोड

काठमाडौँ । साताको चौथो कारोबारको दिन समेत शेयर बजारमा सकारात्मक यात्राले निरन्तरता दिएको छ । पछिल्लो केहि दिन यता शेयर बजारमा उत्साहको माहोल सिर्जना भइरहेको छ । लगानीकर्ताको मनोबल उच्च हुँदा शेयर बजारले उकालो यात्रा तय गरि रहेको हो...


बुद्धभुमी नेपालको एसजीएम आज, हकप्रद निष्काशन मुख्य एजेण्डा

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आज जेठ ३० गते विशेष साधारणसभा (एसजीएम) बस्दैछ । सभा काठमाण्डौको पानीपोखरीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे देखि शुरू हुनेछ । सभाले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने र कम्पनीको पूँजी...


हिमालयन बैंकको ५०.९१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको ५० लाख ९१ हजार ८१८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर बैंकका हाल कायम विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन्...


प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न पाँच संस्थापक शेयरधनीहरूको नाममा रहेको एक लाख ६९ हजार ५३९ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संस्थाहरूले खरिद गर्न...


एक्कर्ड फर्मास्युटिकल्सले हकप्रद निष्काशन गर्ने

काठमाडौं । एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । यसका लागि कम्पनीले असार १४ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको जेठ २८ गते बसेको संचालक समितिको बैठकले सभा बबरमहलस्थित वसेरा वुटिक होटलमा दिनको...


पाँच हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन शेयर बजारमा हरियाली आएको छ । बजार दोहोरो अकंले बढ्दा अधिकांश कम्पनीको शेयर मूल्यमा उछाल आएको हो । नेपाल स्टक एक्सचेत्तज (नेप्से) ३३.१५ अकंले बढेर २११५.२४ बिन्दुमा बन्द भएको छ । आज ३११...


शेयर बजारमा देखियो रौनक, परिसूचक २१ सय पुग्दा साढे पाँच अर्बको कारोबार

काठमाडौँ । शेयर बजारमा हरियाली आएको छ । लामो समयपछि परिसूचक समेत २१ सय बिन्दु माथि उक्लिएको हो । शेयर बजारमा आएको सुधारको यात्राले लगानीकर्ता उत्साहित भएका छन् । नीतिगत अस्थिरताले थिचिके शेयर बजार बताउँदै आएको लगानीकर्ताका लागि गर्भनर...


१० महिनामा ५ खर्ब २७ अर्बको शेयर कारोबारः हाइड्रोपावर र बैंकको हिस्सा धेरै, कुन सेक्टरको कति ?

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा ५ खर्ब २७ अर्ब रुपैयाँको शेयर कारोबार भएकोछ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५ खर्ब २७ अर्ब ९२ करोड...


भिजन ईनर्जि एण्ड पावरको विशेष साधारणसभा स्थगित

काठमाडौं । भिजन ईनर्जि एण्ड पावर लिमिटेडको जेठ ३२ गते भर्चुअल माध्यमबाट बस्ने भनेको विशेष साधारणसभा स्थगित गरिएको छ । कम्पनीले जेठ २९ गते एक सूचना जारी गर्दै विशेष कारणबश सभा स्थगित गरिएको जानकारी दिएको छ । कम्पनीको जेठ...


आइसिएफसि फाइनान्सलाई ३० करोड रुपैयाँको ऋणपत्र जारी गर्न स्वीकृति

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँको ऋणपत्र जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । कम्पनीले एक हजार रुपैयाँ अंकित दरका तीन लाख कित्ता ‘आइसिएफसि फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गर्न अनुमति पाएको हो । कम्पनीको...


नेरुडे मिर्मिरे लघुवित्तको सेयर संरचना परिवर्तन

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ५१.४९ प्रतिशत र सर्वसाधारण समूहको ४८.५१ प्रतिशत कायम भएको छ । संस्थामा संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको...


प्रतिकित्ता १०० रुपैयाँमा नै कुमारी बैंकको ५.८१ लाख कित्ता शेयर किन्ने मौका

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५ लाख ८१ हजार २५१ कित्ता शेयर आज जेठ २९ गतेदेखि लिलामीमा ल्याएको हो । यो शेयर जोकोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न...


लाभांश पारित गर्न नेपाल लाइफले बोलायो साधारणसभा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले कम्पनी लिमिटेडले २३औं र २४औं वार्षिक साधारणसभा असार १८ गते गर्ने भएको छ । कम्पनीको जेठ २८ गते बसेको संचालक समितिको बैठकले सभा वीरगञ्जस्थित होटल भिष्वामा बिहानको ९ बजेदेखि बस्ने निर्णय गरेको हो ।...


वेष्ट फाइनान्सले ३.५६ लाख कित्ता संस्थापक हकप्रद शेयर लिलामीमा ल्याउने

काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले असार ४ गतेदेखि अवितरित संस्थापक हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले तीन लाख ५६ हजार ७४.५७ कित्ता शेयर लिलामीमा ल्याउने भएको हो । यो शेयर जोकोही व्यक्ति, कम्पनी वा संस्थाहरूले खरिद...


तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । तीन कम्पनीहरूले संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र मल्टीपर्पस फाइनान्स लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने गरी...