यो साता नेप्सेमा थपियो एक करोड ४५ लाख कित्ता शेयर

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक सातामा १ करोड ४५ लाख कित्ता शेयर थपिएको छ । नेप्सेमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रद सूचीकृत भएको हो । कम्पनीको १० प्रतिशत हकप्रद बराबरको उक्त शेयर नेप्सेमा सूचीकृत भएको हो...


बुद्धभूमि नेपाल हाइड्रोपावरले १५० प्रतिशत हकप्रद जारी गर्ने, विद्युत नियमन आयोगसँग माग्यो अनुमति

काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १५० प्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगसँग पूर्व स्वीकृति मागेको हो । कम्पनीले १५० प्रतिशत अर्थात् १ः१.५ अनुपातमा ६० लाख कित्ता...


दोस्रो बजारमा अब्बल हिमालयन डिष्टिलरीको वित्तीय रिपोर्ट भने नाजुक

काठमाडौँ । दोस्रो बजारमा आकर्षक रुपमा हेरीने हिमालयन डिष्टिलरी लिमिटेडको व्यापारमा भने भारि गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट अनुसार कम्पनीको नाफा ६३.५१ प्रतिशतले घटेर २१ करोड ४ लाख रुपैयाँ कायम...


पुरानो लाभांश रकम बुझिलिन हिमालयन डिष्टिलरीको आग्रह

काडमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई पुरानो नगद लाभांश रकम बुझिलिन आग्रह गरेको छ । कम्पनीले आव २०७२।७३ देखि २०७४।७५ को मुनाफाबाट साधारण सभाले पारित गरेको नगद लाभांश लिन बाँकी शेयरधनीलाई एक सूचना जारी गर्दै लाभांश लिन भनेको...


सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी अर्जुन भट्टराईको नाममा रहको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर बैंकका संस्थापक शेयरधनीहरूले खरिद नगरेपछि अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्रीमा ल्याइएको...


नेपाल पुनर्बीमा कम्पनीको २०.७३ लाख कित्ता शेयर बिक्री गर्दै यूनाइटेड अजोड, मूल्य कति?

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको नाममा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर बिक्रीमा ल्याइएको छ । यूनाइटेड अजोडले आफ्नो नाममा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान...


सूर्याेदय वोमी लघुवित्तको लिलामी शेयरमा आवेदन भर्ने आज अन्तिम दिन

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६८ हजार ८०५ कित्ता संस्थापक शेयरमा आवेदन भर्ने आज (वैशाख २१ गते) अन्तिम दिन रहेको छ । यस शेयरमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ । कम्पनीले संस्थापक शेयरधनी एनआईसी...


तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज (वैशाख २१ गते) अन्तिम दिन रहेको छ । कम्पनीहरूले वैशाख १४ गतेदेखि जोकोहीले खरिद गर्न पाउने गरी संस्थापक...


सूर्यज्योति लाइफको एजीएम आज, ३५% लाभांश पारित गरिँदै

काठमाडौं । ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्न सूर्यज्योति लाइफको १६औं वार्षिक साधारण सभा (एजीएम) आज (वैशाख २१ गते) बस्दैछ । सभा विराटनगरस्थित होटल हैरिसन प्यालेसमा विहान १० बजेदेखि सुरु हुनेछ । सभाले चुक्ता पूँजी चार अर्ब ५४...


के अब लगानीकर्ताका आँखा माइक्रोफाइनान्स तिर परेको हो ?

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन ११ उपसूचक राताम्य हुँदा माइक्रोफाइनान्स र व्यापार समूह भने वृद्धि भएको छ । अन्य उपसूचकमा भारी गिरावट आएपनि माइक्रोफाइनान्स सेक्टरमा भने लगानीकर्ताको आँखा परेको हो । केहि दिन अघि फाइनान्स कम्पनीमा लगानीकर्ता झुम्मिएका...


देशैभर अधिकांश इन्टरनेट सेवा एक्कासी डाउन

काठमाडौं । नेपालको अधिकांश इन्टरनेट सेवा एक्कासी डाउन भएको छ ।बिहीबार अपराह्न चार बजेदेखि वर्ल्डलिङ्क, भायानेट, सुबिसु लगायतका प्रमुख इन्टरनेट सेवा प्रदायकको नेटवर्क सुस्त चल्ने भएको हो । एक इन्टरनेट सेवा प्रदायकका सञ्चालकका अनुसार सेवामा समस्या आउनुमा भारतीय अपस्ट्रिम...


बीमा कम्पनीका लगानीकर्ताहरुको गुनासो, बीमा कम्पनीभित्रै आयकरमा विभेद किन ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुले सरकारले निर्जीवन र जीवन बीमा कम्पनीहरुमा लगाएको आयकरमा बिभेद गरेको भन्दै तत्काल सच्याउन माग गरेका छन् । साथै उनीहरुले नेपाल बीमक संघलाई आवश्यक भूमिका निर्वाह गर्न समेत ध्यानाकर्षण गराएका छन् । निर्जीवन बीमा...


३ लघुवित्त कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । कारोबार साताको अन्तिम दिन शेयर बजार सामान्य अंकले घटेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक आज ७ दशमलव ३१ अंकले घटेर १९९८ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम...


टिकेन शेयर बजारको उत्साह, ११ उपसूचक राताम्य हुँदा परिसूचक दुई हजार बिन्दु तल

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजार खुम्चिएको छ । बुधबार दोहोरो अकंले बढेको बजार आज भने ओरालो लागेको हो । अहिले शेयर बजारमा लगानीकर्ताले मुख्य बाधकको रुपमा नीतिगत अवरोधलाई लिइरहेका छन् । नियामकबाट नीतिगत सुधार नभएसम्म बजारले...


सन सेक्युरिटिजमा आजीवन निःशुल्क डिम्याट खाता खोल्न सकिने

काठमाडौँ । सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकहरुका लागि आज वैशाख २० गतदेखि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ । विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई पुँजी बजारमा लगानीका लागि आवश्यक पर्ने डिम्याट खाता, मेरो...


नेप्सेमा सिंगटी हाइड्रो इनर्जीको १ करोड ४५ लाख कित्ता हकप्रद शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । बिहिबार सिंगटी हाइड्रो इनर्जी लिमिटेडको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । कम्पनीले शेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद शेयर...


आइपीओ जारी गर्न लागेको अर्घाखाँची सिमेन्टको आम्दानीमा पहिरो, एक वर्षमा साढे पाँच अर्बको व्यापार

काठमाडौँ । आइपीओ निष्कासन गर्ने तयारीमा रहेको अर्घाखाँची सिमेन्टको व्यापारमा पहिरो गएको छ । सार्वसाधारणका लागि आइपीओ जारी गर्ने प्रक्रियामा रहेको कम्पनीको आम्दानी खुम्चिएको हो । सन् २०२३ मा कम्पनीको व्यापार २४.९४ प्रतिशतले घटेर ५ अर्ब ७७ करोड २०...


आइएमई लाइफको ३४% लाभांश घोषणा

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरनीहरूलाई ३४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको वैशाख १९ गते बसेको संचालक समतिको बैठकले २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ९.५० प्रतिशत...


नेपाल फाईनान्सको १०.९४ लाख कित्ता शेयर लिलामीमा

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले संस्थापक समूहको १० लाख ९४ हजार ४७१ दशमलव १८७ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा ल्याएको छ । कम्पनीले इच्छुक जोकोही व्यक्ति, कम्पनी र संस्थाहरूले खरिद गर्न पाउने गरी शेयर लिलामीमा ल्याएको हो । यस...


सूर्यज्योति लाइफको तीन लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो। यस शेयरमा हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि...