क्लासिक टेकको १०१ औं आउटलेट संचालन, सर्वसाधारणले पनि सेवा लिन पाउने

२४ फाल्गुन २०७७, सोमबार १४:४१

काठमाडौं । नेपालकै ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले तिव्रगतिमा आफ्नो नेटवर्क विस्तार गर्दै आइरहेको छ । यसैबीच कम्पनीले आफ्नो १०१ औं आउटलेट नेपालगंजमा स्थापना गरेको छ ।

लुम्बिनी प्रदेशका आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहज रुपमा सेवा सुविधा उपलब्ध गराउन नयाँ आउटलेट संचालनमा ल्याएको कम्पनीले जनाएको छ ।

क्लासिक टेकको नयाँ आउटलेट उद्धाटन कार्यक्रम क्लासिक टेकका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्तरुपमा गरेका हुन् । आउटलेटमा बिल्लिङ्, कस्टमर सपोर्ट, फाईबर स्टाफ र मार्केटिंग गरेर ४५ जना स्टाफ राखिएको छ ।

कम्पनीले नपालगंजका स–साना गाउँहरुलाई समेत लक्षित गर्दै आफ्नो सेवा विस्तार गर्ने योजना लिएको हो । नेपालगंजको पुष्पलाल चोकबाट ३ सय मिटर उत्तरमा उक्त आउटलेट संचालनमा ल्याएको हो, जसमा सर्वसाधारण ग्राहकहरुले समेत इन्टरनेट सेवा लिन सक्नेछन् ।

यसभन्दा अघि कम्पनीले नेपालगंज क्षेत्रमा नै बैंक तथा वित्तीय संस्थाहरुलाई इन्ट्रानेट उपलब्ध गराईसकेको छ । घरायसी प्रयोजन, साना कार्यालयहरु र कर्पोरेट कम्पनीहरुका लागि समेत सो सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीले नेपालगंजको स्थायनीयबासीलाई नेपालकै सबैभन्दा सस्तो धमाकेदार अफर समेत उपलब्ध गराएको छ । साथै नेपालगंजका ग्राहकहरुलाई छिटो छरितो सेवा उपलब्ध समेत गराउने कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर बिनय कुमार अधिकारीले बताए ।

कम्पनीले धमाकेदार अफर अन्तर्गत २० एमबिपिएस स्पीडको इन्टरनेट केबल ७९९ प्रति महिनामा उपलब्ध गराउँदै आएको छ जसका साथमा १५० टिभी च्यानलहरु र युट्यूब समेत हेर्न सकिने सुबिधा रहेको छ । साथै अरु इन्टरनेट सेवा प्रदायकहरुको भन्दा उत्कृष्ट मूल्यमा तिब्रगतिको इन्टरनेटका साथै उत्कृष्ट ग्राहक सेवा दिने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*