रोट्रयाक्ट क्लब अफ पर्वत पोखराले ‘विश्व रोट्रयाक्ट सप्ताह’ मनाउँदै

२५ फाल्गुन २०७७, मंगलवार १७:१३

काठमाडौं । रोट्रयाक्ट क्लब अफ पर्वत पोखराले लामो समयदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । यसैबीच क्लबले विश्व रोट्रयाक्ट अन्तर्गत मनाउँदै आइरहेको ‘विश्व रोट्रयाक्ट सप्ताह’ मार्च ८ देखि मार्च १४ सम्म मनाउँदै छ ।

क्लबले मार्च ८ तारिखमा उक्त सप्ताहको उद्धाटन समारोह समापन गरेको छ । कार्यक्रममा क्लबकी अध्यक्ष अनिता सोती र कार्यक्रमका प्रमुख अतिथी रोटरी क्लब अफ पर्वतका संस्थापक अध्यक्ष एवं क्लबसँग आर्थिक र भौतिक रुपमा सामाजिक सहकार्य गर्दै आइरहेको नेष्डो समृद्ध लघुवित्त बित्तीय संस्थाका कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाईले उद्धाटन गर्नुभएको हो ।

विश्व रोट्रयाक्ट सप्ताह संसारभरका समुदायहरूमा रोट्रयाक्टरको सफलता र महत्वको वार्षिक उत्सवको रुपमा मनाउने गरिन्छ ।

रोट्रयाक्ट जिल्ला कमिटी अन्तर्गतका विभिन्न क्लबहरुले आ–आफ्नै तरिकाले विभिन्न कार्यक्रमहरुका साथ मनाइरहेको छ । जसमा रोट्रयाक्ट क्लब अफ पर्वत पोखराले विभिन्न सामाजिक कार्य लगायतका शैक्षिक तथा मनोरञ्नात्मक कार्यहरुकासाथै सप्ताह मनाईरहेको छ ।

नेपालमा विभिन्न अनलाईन गतिविधिहरुसँग रोट्रयाक्ट जिल्ला कमिटीले विश्व रोट्रयाक्ट सप्ताह मनाइरहेको छ, जसमा विभिन्न क्लबहरुले आ–आफ्नै तरिकाबाट सप्ताह मनाएको छोटो भिडियो क्लिपहरु, बैठकहरुको तस्वीर (रोटरी क्लबहरुसँग संयुक्त बैठक सहित) र गतिविधि मार्चको १४ गतेसम्ममा पठाउनुपर्ने रोट्रयाक्ट जिल्ला कमिटीले जनाएको छ ।


रोट्रयाक्ट क्लब अफ पर्वत पोखराले ९ मार्चमा नेष्डो नेपालको सहकार्यमा संस्थाको २६ औं वार्षिक साधारणसभामा उपस्थित सम्पूर्ण अतिथि तथा सदस्यहरुलाई शुद्ध पीउने पानी वितरण गरेको छ ।

साथै क्लबले १० मार्चमा क्लबका सबै सदस्यहरु सहभागी हुने ‘Fellowship Futsal’ को आयोजना गरिएको क्लबले जनाएको छ ।

त्यस्तै क्लबकी अध्यक्ष अनिता सोतीका अनुसार ११ मार्चमा महाशिवरात्रीको अवसरमा क्बलका सम्पूर्ण क्लब सदस्यहरुसँग भेटघाट तथा क्लबसँग सम्बन्धित विभिन्न सामाजिक तथा शैक्षिक जानकारीहरु हुनेछ ।

त्यस्तै १२ मार्चमा सामाजिक कार्य अन्तर्गतको कुश्माको ग्रामिण एक विद्यालयमा अध्यनरत छात्राहरुका लागि ‘स्यानिटरी प्याड’ वितरण गरिने र १२ मार्चमा सेयर कारोबार तथा सेयर बजारसम्बन्धि जानकारीमूलक क्लासको आयोजना समेत गरिएको क्लबले जानकारी दिएको छ ।

यसरी विभिन्न कार्यक्रमहरुका साथै क्लबले ‘विश्व रोट्रयाक्ट सप्ताह’ मनाउने जानकारी दिएको छ साथै आगामी आउने दिनहरुमा क्लबले सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

किन मनाउने विश्व रोट्रयाक्ट सप्ताह ?
विश्व रोट्रयाक्ट सप्ताह विश्वभरीका रोट्रयाक्ट क्लबहरुले मार्च ८ देखि मार्च १४ सम्म मनाउँने गरेको छ । नेपालको सन्दर्भमा रोट्रयाक्ट जिल्ला कमिटीले विगत ३० वर्षदेखि विभिन्न गतिविधिहरुका साथ ‘विश्व रोट्रयाक्ट सप्ताह’ मनाउँदै आइरहेको छ ।

१. सेवा ः रोट्रयाक्ट क्लब र रोटरी क्लबको संयुक्त परियोजनामा रोटरी फाउन्डेशनको लागि कोष संकलन गर्न, स्थानीय समस्या तथा कारणका बारेमा जागरुकता गराउन, सेवामूलक प्रोजक्ट आयोजना गर्न,
२. सिकाई ः रोटरीद्धारा आफुसँग भएका विभिन्न सीपहरुको विस्तार गर्न र सीपद्धारा व्यक्तिलाई सक्षम, प्रभावशाली सञ्चारकर्ता तथा प्रतिष्ठित व्यक्ति बनाउन,
३. प्रदान ः विभिन्न नयाँ तरिकाहरुबाट रोटरी फाउन्डेशनको लागि रकम जुटाउन, साथै रोटरीको पियर–टु–पियर कोष प्ल्याटफर्मबाट कोष संकलन गर्न, नयाँ कोष उपकरण सजिलैसँग प्रयोग गर्न सकिने, विभिन्न सामाजिक संजालहरुमार्फत क्लबका कार्यहरु सेयर गर्न सकिने र दाताहरुलाई क्रेडिट दिन मान्य हुने,
४. सामेल ः २०२१ जुन ११–१२ रोट्रयाक्ट प्रिन्भेन्समा विश्वभरका रोट्रयाक्टर र रोटरीयनहरुको सहभागी हुन, र रोट्रयाक्ट जानकारी बढावा गर्न ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*