रिलायवल नेपाल लाइफद्वारा दुई लाख रुपैयाँ बीमा दावी भुक्तानी

१ चैत्र २०७७, आईतवार १२:२६

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले राजधानीको भुक्तपुरमा घातक रोगको सिकार भएका एक बीमितलाई दुई लाख रुपैयाँ दावी भुक्तानी गरेको छ ।

सो कम्पनीको भक्तपुर शाखाले भक्तपुर सुडालका निवासी ४५ वर्षिय विनोद फुयालको घरमा नै गएर घातक रोगको बीमा दावी बापत दुई लाख रुपैयाँ दावी भुक्तानी गरेको हो । स्थानीय विनोद फुयालले २०७६ साल फागुन महिनामा रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी भक्तपुर शाखाबाट दुई लाख रुपैयाँको रिलायवल सुलभ जीवन बीमा पोलिसी खरिद गरेका थिए ।

फुयालको केही महिनादेखि आन्द्रामा क्यान्सर भएपछि कम्पनी वाग्मती प्रदेशका रिजनल म्यानेजर राजकुमार गिरी र शाखाका शाखा प्रबन्धक सुनिता थिङले बीमितको घरमा नै गई बीमा दावी भुक्तानी रकम हस्तान्तरण गरेको सो कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*