महाशिवरात्रीमा एलआईसी नेपालद्धारा पशुपतिनाथ मन्दिरमा पानी तथा भोजन वितरण

१ चैत्र २०७७, आईतवार १२:३१

काठमाडौं । जीवन बीमा कम्पनी एलआईसी नेपालले महाशिवरात्रीको अवसरमा बिहिवार पशुपतिनाथको मन्दिर परिसरमा पानी तथा भोजन वितरण गरेको छ ।

कम्पनीले सामाजिक उत्त र दायित्व अन्तर्गत यस वर्ष पनि पानी तथा भोजन वितरण गरेको हो । विगत नौ वर्षदेखि लगातार महाशिवरात्रीको उपलक्ष्यमा पानी तथा भोजन वितरण जस्ता कार्यक्रमको आयोजना गर्दै आइरहेको एलआईसी नेपालले महाशिवरात्रीको अवसरमा पशुपतीनाथको मन्दिरमा पानी तथा भोजन वितरण गरेको सिईओ लक्ष्मी प्रसाद दासले बताए ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास, कम्पनी सचिव विनोद भुजेल लगायत उच्च व्यवस्थापन तहका कर्मचारीहरु आफै भक्तजनहरुको सेवामा खटिएका थिए । एलआईसी नेपाल तथा एलआईसी नेपालको कर्मचारी कल्याणकारी कोषको सयुक्त रुपमा भएको यस कार्यक्रममा कम्पनीका २० जना भन्दा धेरै कर्मचारीहरुले भक्तजनहरुको सेवा गरेको सो कम्पनीले जनाएको छ ।

एलआईसी नेपालले विश्वकै प्रख्यात पशुपतिनाथको मन्दिर परिसरमा स्टल नै राखेर विहान ७ बजेदेखि साझ ४ बजेसम्म भक्तजनहरुको सेवा गरेको जनाएको छ । यस वर्ष एलआईसी नेपालले पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा करिब २ हजार भन्दा धेरै भक्तजनहरुलाई भोजन खुवाउन सफल भएको छ भने हजारंैं भक्तजनहरुलाई पानी वितरण गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*