आईएमई जनरल इन्स्योरेन्सले बीमा समितिको नाममा काटेको चेक बाउन्स

४ चैत्र २०७७, बुधबार ०९:४२

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले बीमा समितिको नाममा काटेको दुई लाख २३ हजार ७५१ रुपैयाँको दुई वटा चेक बाउन्स भएको छ ।

बीमा पोष्टले प्राप्त गरेको विवरण अनुसार आईएमई जनरल इन्स्योरेन्स कम्पनीले नेपाल इन्भेष्टमेन्ट बैंकको दुई वटा चेक बीमा समितिलाई कोभिड बीमा दावी भुक्तानी बापत केही दिन पहिले दिएको थियो । …….. १० नम्वरको खाताको दुई लाख रुपैयाँ र २३ हजार ७५१ रुपैयाँको दुई वटा चेक मध्ये दुवै चेक बाउन्स भएका हुन् । यही मार्च १४ गतेका दिन नेपाल क्लीयरिङ हाउसले नबिल बैंकलाई पठाएको नोटमा नगद मौज्दात नभएको कारणले भुक्तानी हुन नसकेको जनाएको छ ।

चेक बाउन्स हुनुअघि बैंकले आईएमई जनरल इन्स्योरेन्स कम्पनीलाई खवर गरे, नगरेको खुल्न सकेको छैन । बीमा समितिकै चेक बाउन्स हुने गरी नगद अभाव नभएको नभई व्यवस्थापनमा त्रुटी भएको अनुमान गरिएको छ । यद्यपि बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिकै नाममा काटेको चेक बाउन्स हुनुले आईएमई जनरल इन्स्योरेन्सको लेखा शाखाको कार्यशैलीमाथि गम्भिर प्रश्न चिन्ह उठेको छ ।

उता, आईएमई जनरल इन्स्योरेन्स कम्पनीले भने प्राविधिक त्रुटीबश भएको गल्ती सच्याईसकिएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*