बैंक अफ काठमाडुको विशेष साधारणसभा सम्पन्न, तीन नयाँ सञ्चालक निर्वाचित

४ चैत्र २०७७, बुधबार ०९:१९

काठमाडौं । बैंक अफ काठमाण्डूकोे विशेष वार्षिक साधारण सभा हिजो सम्पन्न भएको छ । सो साधारणसभाले तीन जना नयाँ सञ्चालक निर्वाचित गरेको छ ।

मंगलबार सम्पन्न बिशेष साधारण सभाबाट गोबिन्द प्रसाद शर्मा, मदन लाल जोशी र अमृता उप्रेतीलाई बैंकको सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । बैंकले बोलाएको विशेष साधारणसभाले थप सञ्चालक नियुक्त भएसँगै बैंकको कूल सञ्चालकको संख्या ७ पुगेको छ ।

बैंकको तीन वटा सञ्चालक पद रिक्त भएपछि विशेष साधारणसभा आह्वान गरेर बाँकी सञ्चालकहरुको निर्वाचित गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*