बीमा कम्पनीको संस्थापक शेयर पाँच वर्षसम्म फ्रिज हुने, ऋण लिन र बिक्री गर्न नपाइने

२८ बैशाख २०७८, मंगलवार १४:५५

काठमाडौं । बीमा समितिले आज जारी गरेको बीमक कम्पनीको संस्थापक शेयर लगानी सम्बन्धी निर्देशिका बीमा कम्पनीका संस्थापक शेयरधनीहरुलाई निकै अप्ठेरो पार्ने देखिएको छ ।

नयाँ व्यवस्था अनुसार बीमा कम्पनीले कारोबार सुरु गरेको ५ वर्ष अवधीसम्ममा संस्थापक शेयर बिक्री गर्न वा कुनै बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन नपाउने व्यवस्था गरेको छ । तीन वर्षपछि त्यस्तो कम्पनीले आईपिओ जारी गरी सर्वसाधारणलाई शेयर बिक्री खुल्ला गर्न सक्ने अवस्थामा बीमा समितिले पाँच वर्षसम्म संस्थापक शेयर बिक्री गर्न नपाउने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार बीमा कम्पनीहरुको शेयर संरचना परिवर्तन गर्नुपरेमा बीमा समितिबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । शेयर संचरना परिवर्तन गर्नु परेमा एक आर्थिक वर्षमा १० प्रतिशत विन्दुसम्म मात्रै पाइने व्यवस्था गरिएको छ । साथै एक पटक सर्वसाधारण समुहमा परिवर्तन गरिएको शेयरलाई पुन संस्थापक समुहमा परिणत गर्न पाइने छैन ।

नयाँ व्यवस्था अनुसार पाँच वर्ष अवधी पुगेका संस्थापक शेयरधनीहरुले आफूसँग भएको ५० प्रतिशत शेयर मात्रै धितो राखी कर्जा लिन पाउने व्यवस्था गरिएको छ । उक्त व्यवस्था कम्पनी ऐनमा भएको शेयर धितो राख्न पाउने व्यवस्थाको विरुद्धमा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*