बीमा कम्पनीका केन्द्रीय कार्यालय खोल्न दिने बीमा समितिको निर्णय, छुट्टै पासको व्यवस्था

२९ बैशाख २०७८, बुधबार १५:५७

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुका केन्द्रीय कार्यालय भोलिबाट सुचारु गर्न दिने निर्णय गरेको छ । समितिले आज जारी गरेको निर्देशन अनुसार सबै बीमा कम्पनीहरुका शाखा कार्यालयहरु पूर्ण रुपमा बन्द गर्न निर्देशन दिइएको छ ।

केन्द्रीय कार्यालय भने बीमा समितिबाट पास लिएर बढिमा १० जना कर्मचारी खटाएर खोल्न सकिने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलद्वारा निर्देशनमा जनाइएको छ ।

बीमा समितिको केन्द्रीय कार्यालय सञ्चालनको लागि बीमा समितिले पहेलो रंगको पास जारी गर्ने जनाएको छ । राजधानी उपत्यका बाहिरका जिल्लाहरुमा रहेका शाखा कार्यालय सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सेवा प्रवाह गर्न भनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*