स्वास्थ्य बीमालाई राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिने, ७ अर्ब बजेट

१५ जेष्ठ २०७८, शनिबार १६:५५

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमालाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै आगामी वर्षमा देशका ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिने घोषणा गरेका छन् ।

अर्थमन्त्री पौडेलले स्वास्थ्य बीमालाई स्रोत साधनले सम्पन्न बनाउने जनाउँदै त्यसको लागि ७ अर्ब १० करोड रुपैयाँ बजेट छुट्याएको जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*