३९ वटै कम्पनीमा बीमा समितिको छड्के, केही कम्पनी तनावमा

१ श्रावण २०७८, शुक्रबार १७:३८

काठमाडौं । बीमा समितिले नेपालमा सञ्चालित ३९ वटै बीमा कम्पनीहरुमा आकस्मिक रुपमा छड्के जाँच गरेको छ । नियामक निकाय बीमा समितिले आर्थिक वर्षको पहिलो दिन निर्जिवन तथा जीवन बीमा कम्पनीहरुमा आकस्मिक निरिक्षण गरेको हो । सो क्रममा भेटिएका कैफियतको आधारमा निर्णय लिइने बीमा समितिले जनाएको छ ।

आर्थिक वर्ष सकिएकोले सो अनुसारको हिसाब किताब फाइनल गरे नगरेको, सही तरिकाले हिसाब किताब राखे नराखेको तथा पुरानो मितिमा चेकहरु काट्न नदिन बीमा समितिले छड्के जाँ गरेको हो । नियामक निकायको टोली विहान बीमा कम्पनीहरु आईपुगेपछि केही कम्पनीहरु भने तनावमा परेको बताइएको छ ।

कम्पनीहरुमा अनुगमनमा जानु पूर्व बीमा समितिमा तयारी गरिदै । तस्विरः बीमापोष्ट

आज विहान ११ः०० बीमा समितिले ३९ वटा टोली बनाएर कम्पनीहरुमा छड्के (निरिक्षण) लागि पठाएको बीमा समितिका प्रबक्ता राजुरमण पौडेलले जानकारी दिए । यतिबेला बीमा समितिको टोलीहरु फर्कने क्रममा रहेका छन् । विहान ११ः०० पत्रसहित बीमा समितिबाट निस्किएको टोली ११ः३० बजेभित्र सबै बीमा कम्पनीहरुमा पुगेर निरिक्षण गरेका छन् ।

बीमा समितिको टोली कम्पनीहरुमा छड्केमा जानुअघि सबैलाई बीमा समितिकै हलमा राखेर आवश्यक निर्देशन दिइएको थियो । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्देशन दिएका थिए । बीमा समिति स्रोतका अनुसार पूर्व सूचना नदिई कर्मचारीहरुलाई छड्केमा पठाएको हो । केही कम्पनीहरुले पूर्व सूचना पाएपछि अपुग कागजात मिलाएको बुझिएको छ । बीमा समितिबाट टोली परिचालन हुने वित्तिकै सबै बीमा कम्पनीहरुमा सूचना पुगिसकेको एक बीमा कम्पनीका सिईओले जानकारी दिए । बीमा कम्पनीहरुमा अनुगमनका लागि गएका अधिकांश कर्मचारीहरु केहीबेर अघि बीमा समितिमा फर्किसकेका छन् ।

कम्पनीहरुमा अनुगमनमा जानु पूर्व बीमा समितिमा तयारी गरिदै । तस्विरः बीमापोष्ट

निरिक्षणको क्रममा केही कम्पनीहरुमा कैफियत देखिएपछि तनावमा परेको जनाइएको छ । यद्यपि बीमा समितिले प्रतिवेदन भने सार्वजनिक गरिसकेको छैन ।

One thought on “३९ वटै कम्पनीमा बीमा समितिको छड्के, केही कम्पनी तनावमा

  1. दुलि चन्द मेहता सुनसरी says:

    नेपाल राष्ट्रिय बिमा कम्पनी को कोरोन बिमा बारेमा जानकारी के छ

Leave a Reply to दुलि चन्द मेहता सुनसरी Cancel reply

Your email address will not be published. Required fields are marked *


*