बीमा समिति र बीमा कम्पनी जोड्ने सफ्टवयर-सर्भरको औपचारिक उ्दघाटन

बीमा समितिले आफ्नै सर्भर र सफ्टवयर मार्फत एकीकृत डाटा सेन्टरको सुरुवात
१ श्रावण २०७८, शुक्रबार १५:१६

काठमाडौं । बीमा समितिले छुट्टै सफ्टवयर मार्फत बीमा कम्पनीहरुबाट तथ्याङ्क संकलन गरी आफ्नै सर्भरमा राख्न सुरु गरेको छ । चालु आवको पहिलो दिनबाट समितिले बीमा कम्पनी र बीमा समिति जोड्ने इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेशन सेन्टरको औपचारिक रुपमा उ्दघान गरेको हो ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले उक्त एकीकृत तथ्याङ्क सम्बन्धी सिष्टम र सर्भरको आज एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । अध्यक्ष सिलवालले टेरा बाईट (टिबी)को सर्भर कम्युटरको रन गरेर औपचारिक रुपमा सुरुवात गरेका हुन् ।

त्यसैगरी, दर्शनटेक प्रा.लिले निर्माण गरेको आईआरएमआईएस सिष्टमको आजै उद्घाटन गरेका छन् । उक्त सिष्टम अन्तर्गत पहिलो पटक बीमा अभिकर्ताको लाइसेन्स प्रिन्ट गरेर औपचारिक सुरुवात गरिएको हो । नयाँ सफ्टवयरको शुभारम्भ गर्दै अध्यक्ष सिलवालले बीमा समिति अटोमेशनमा जाने कार्यको प्रारम्भ भएको बताए ।

उनले नयाँ सफ्टवयर जडानसँगै बीमा समिति र बीमा कम्पनीहरु प्रत्येक समय जोडिएको बताए । नयाँ सिष्टम सञ्चालनमा आएपछि बीमा समिति र बीमा कम्पनीहरु प्रत्यक्ष अनलाईनमा मार्फत जोडिएका छन् । यसले बीमा कम्पनीहरुको कार्यक्षमता बृद्धि हुने, समय बचत हुने र कागजातहरु डिजिटलाईज्ड भएर बीमा नियमन अझै सरल र प्रभावकारी हुने अध्यक्ष सिलवालले बताए ।

नयाँ सर्भर र सफ्टवयर सञ्चालन आएपछि हरेक बीमा कम्पनीहरुले आफ्नै युजर आईडी पाउने र सोही आईडीमार्फत बीमा समितिको सर्भरमा सम्पर्क स्थापित हुने सफ्टवयर निर्माता दर्शनटेक प्रा.लिका सिईओ किशोर दाहालले जानकारी दिए । फेजवाईज रुपमा सफ्टवयरमार्फत बीमा समिति पूर्ण रुपमा स्वचालित बनाउने कार्य भइरहेको दाहालले जानकारी दिए ।

बीमा समिति र बीमा कम्पनीहरुका बीचमा सम्पर्क स्थापित गर्दा हरेक पटक कागज बोकेर ओहोर दोहोर गर्नुपर्ने अहिलेको झन्झटिलो कार्यशैलीका आगामी दिनमा हटाइने बीमा समितिले जनाएको छ ।

नयाँ सर्भर सहितको डाटा सेन्टर बीमा समिति आफैले सञ्चालन गरेपछि अब तथ्याङ्कको लागि समेत सहज हुने भएको छ । बीमा समितिमा जडान गरिएको सर्भरको ब्याकअप केन्द्रीय सूचना प्रणालीमा रहेको डाटा सेन्टरमा गरिएको छ । हरेक दिनको तथ्याङ सिंहदरवारस्थित केन्द्रीय सर्भर र बीमा समितिको सर्भरमा दोहोरो रेकर्ड भई सिष्टममा बस्ने हुँदा पूर्ण रुपमा सुरक्षित रहेको बीमा समिति आईटी विभागका प्रमुख मिलनराज नेपालीले जानकारी दिए ।

आईआरएमआईएस मार्फत चार वटा काम तत्काल गर्न सकिने बीमा समितिले जनाएको छ । कानुन सम्बन्धी उजुरी, उजुरी सम्बन्धी कागजातहरु आदान प्रदान गर्न सकिनेछ । त्यस्तै, बीमालेख तथा बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी, अण्डरराईटिङ, स्थलगत सुपरिवेक्षण सम्बन्धी, गैरस्थलगत सुपरिवेक्षण सम्बन्धी र इजाजत सम्बन्धी, बीमा अभिकर्ता र सर्भेयर सम्बन्धी काम अनलाईनबाटै गर्न सकिने बीमा समितिले जनाएकोछ । सबैभन्दा सहज बीमा अभिकर्ताको लागि हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*