इजरायल लैजान रोजगार विभागले माग्यो १००० जना कामदार, मासिक दुई लाख तलव, २१ दिनभित्र आवेदन दिन सूचना

१२ श्रावण २०७८, मंगलवार १०:४२

काठमाडौं । बैदेशिक रोजगार विभागले श्रम गन्तव्य मुलुक इजरायलमा एक हजार मानिसलाई रोजगारीका लागि पठाउन आजदेखि आवेदन खुल्ला गरेको छ । श्रम सम्झौता बमोजिम एक हजार मध्ये ७०० जना युवती र ३०० युवालाई दीर्घकालिन स्थायी स्याहार केन्द (केयर गिभर) काममा पठाउन लागेको हो ।

विभागले आज गोरखापत्रमा सूचना प्रकाशन गर्दै २१ दिनभित्रमा आवेदन दिन भनिएको छ । बैदेशिक रोजगार विभागले इजरायली भाषा पढेर बसेकाहरु मध्येबाट लिखित परिक्षामा सामेल गराई छनौट गरेर इजरायल लैजाने जनाएको छ ।

आज प्रकाशित सूचना अनुसार २५ वर्ष पूरा भई ४५ वर्ष उमेर ननाघेको, ४५ केजीभन्दा माथि तौल भएको, १० कक्षा उत्तिर्ण गरी स्वास्थ्य सम्बन्धी उत्तिर्ण गरेको वा कक्षा १२ उत्तिर्ण भएकाले मात्रै आवेदन दिन सक्नेछन् ।

त्यस्तै, यसअघि इजरायल गई काम नगरेको र बाबुआमा वा नाता पर्ने व्यक्ति इजरायलमा बसेर काम नगरेको परिवारका सदस्यहरु हुनुपर्ने शर्त समेत राखिएको छ ।

केयर गिभरले इजरायली मुद्रा ५३०० अर्थात एक लाख ९३ हजार ६०९ नेपाली रुपैया मासिक तलव हुनेछ । सो रकमबाट इजरायलमा रोजगारदाताले गरिदिने स्वस्थ्य बीमा बापतको रकम कट्टा हुने सूचनामा जनाइएको छ । त्यस्तै, आवास र खाना खर्च, सम्पत्ति कर, पानी, बत्तिको महसुल पनि कट्टा हुने जनाइएको छ ।

कूल लागत एक लाख ६५ हजार ७०० रुपैयाँ तोकिएको छ । सो लागतमा स्वास्थ्य बीमा बापतको पाँच हजार रुपैयाँ समेत जोडिएको विभागले जनाएको छ ।

सुरुमा एक वर्ष र आचरण तथा व्यवहारको आधारमा थप चार वर्ष करार थप गर्न सकिने विभागले जनाएको छ । इजरायल पुगेर राम्रोसँग काम गरेकाहरुले कूल पाँच वर्षको अवधीमा ६० लाख देखि एक करोड रुपैयाँसम्म बचत गर्न सक्नेछन् ।

नेपालबाट इजरायलमा केयर गिभर लैजाने सम्बन्धमा गत जनवरी २१ मा काठमाडौंमा दुई देशका बीचमा सम्झौता भएको थियो ।

One thought on “इजरायल लैजान रोजगार विभागले माग्यो १००० जना कामदार, मासिक दुई लाख तलव, २१ दिनभित्र आवेदन दिन सूचना

  1. Suman lama says:

    Ok i am interested

Leave a Reply to Suman lama Cancel reply

Your email address will not be published. Required fields are marked *


*