बीमा समितिले बिज्ञप्ति निकालेर भन्यो, ‘नयाँ कम्पनीलाई लाइसेन्स दिन लागेको होइन’

१८ असार २०७८, शुक्रबार १६:१३

काठमाडौं । बीमा समितिले आज एक बिज्ञप्ति मार्फत कुनै पनि नयाँ कम्पनीलाई लाईसेन्स दिन लागेको कुरा सत्य नभएको जनाएको छ । बीमा समितिका कार्यकारी निर्देशक तथा प्रबक्ता राजुरमण पौडेलले लिखित बिज्ञप्ति मार्फत भनेका छन्, ‘बीमा समितिले कुनै पनि नयाँ जीवन बीमा, निर्जिवन बीमा र लघुबीमा कम्पनीलाई इजाजत दिने निर्णय नगरेको र यस सम्बन्धमा कुनै पनि काम कारवाही समेत नगरेको स्पष्ट पार्न चाहन्छु।’

बीमा समितिले नयाँ कम्पनी दर्ता गर्ने सम्बन्धमा सञ्चार माध्यममा आएका समाचारहरुमा कुनै सत्यता नभएको र निराधार हल्ला भएको जनाएको छ । बीमा समितिले लिखित रुपमा नयाँ कम्पनीलाई लाइसेन्स नदिने जनाएपछि तत्कालका लागि नयाँ लाइसेन्स वितरण प्रक्रिया स्थगित गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि अझै विश्वस्त हुन सक्ने अवस्था भने नरहेको स्रोतले जनाएको छ ।

स्मरणरहोस्, बीमा समितिका जिम्मेवार प्रबक्ता तथा कार्यकारी निर्देशक पौडेलले संसदको अर्थ समितिमा भएको अनौपचारिक छलफलमा नयाँ पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने योजनामा बीमा समिति नरहेको बताएका थिए ।

बीमा समितिलाई समेत प्रभावमा पारेर अर्थमन्त्री विष्णु पौडेलको सेटिङमा भइरहेको ठूला काण्डमा बीमा समिति मुछिदै आएको छ । पछिल्लो समय लघुबीमा कम्पनी स्थापनाको विधि प्रक्रिया सहित सिफारिस गर्न अध्ययन कार्यदल गठन भएपछि बीमा समितिले पुनः नयाँ लाइसेन्स वितरण गर्न लागेको चर्चा बजारमा चलेको थियो । बीमा समितिले औपचारिक रुपमा लिखित बिज्ञप्तिमार्फत नयाँ कम्पनीलाई लाइसेन्स नदिने स्पष्ट पारेपछि तत्कालको लागि नयाँ लाइसेन्स वितरण स्थगित भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*