बीमा समितिद्धारा जलेश्वर नगरपालिकामा ‘स्थानीय तहसँग बीमा समिति’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

२१ असार २०७८, सोमबार २३:३१

काठमाडौं । बीमा समितिले प्रदेश नं २ को जलेश्वर नगरपालिका पुगेर जनप्रतिनिधि र विभिन्न पक्षहरू तथा स्थानियवासीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार जलेश्वर नगरपालिकाका स्थानीय तहसँग बीमा समिति’ विषयक अन्तरक्रिया कार्यक्रम प्रमुख राम शंकर मिश्रको प्रमुख आतिथ्यतामा र बीमा समितिका निर्देेशक दिनेशलाल कर्णको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । नगरपालिकाका सम्पुर्ण वडा अध्यक्ष तथा सदस्य सहित १५० जना भन्दा धेरै विभिन्न व्यक्तिहरूकाे उपस्थिति थियो ।

उक्त कार्यक्रममा जलेश्वर नगरपालिकाका जनप्रतिनिधि, स्थानीय पत्रकार, महिला समूह, उधोग बाणिज्य संघका प्रतिनिधि, बीमक कम्पनीका शाखा प्रमुखहरू, वित्तिय संस्थाका प्रमुखहरू र कृषि प्राबिधिकहरू सहभागी भएको बीमा समितिले जनाएको छ । काेराेना महामारीकाे बिषम् परिस्थितीमा पनि समितिले सामाजिक दुरी कायम गरी स्थानीयको उत्साहजनक सहभागितामा सम्पन्न गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*