बीमा समितिमा लकडाउनकै बीचमा ९३ वटा मुद्दा छिनोफानो

२५ श्रावण २०७८, सोमबार १२:०४

काठमाडौं । बीमा समिति अर्धन्यायिक निकाय समेत हो । अर्धन्यायिक निकाय हुनुको नाताले बीमा समितिलेमा बीमिक र बीमकका बीचमा सम्पन्न भएका करारहरु कार्यान्वयनको सिलसिलामा चित्त नबुझेमा पहिलो कानुनी उपचार खोज्ने थलो पनि बीमा समिति नै हो । बीमा समितिले कोरोना महामारीका बीचमा गत आर्थिक वर्षमा ९३ वटा मुद्दा किनारा लगाएको छ ।

गत आर्थिक वर्ष सुरु हुँदा पनि कोरोना महामारीको चपेटामा सिंगो देश अल्झिरहेको थियो भने भदौं महिनाभरि सबै कामकाज ठप्प नै थियो । गत आवको बैशाखबाट त झन् दुई महिनाभन्दा लामो समय निषेधाज्ञा नै लाग्यो । जसका कारण अधिकांश सरकारी कार्यालयहरु बन्द हुन पुगे । बीमा समितिले यही बीचमा अघिल्लो आवको तुलनामा दुई प्रतिशतले बृद्धि मुद्दा किनारा लगाएको हो ।

आव २०७७।७८ मा दर्ता भएका १३७ वटा र अघिल्लो आवबाट बाँकी रहेका १३६ सहित कूल २७३ वटा मुद्दा बाँकी रहेकोमा बीमा समितिमा अझै १८० वटा मुद्दा किनारा लाग्न बाँकी छ ।

आव २०७७।०७८ मा निर्जिवन बीमा कम्पनीका विरुद्धमा ८४ वटा तथा जीवन बीमा कम्पनीका विरुद्धमा ५३ वटा मुद्दा दायर भएको थिए । सो मध्ये १३ वटा बीमा समितिको पहलमा आपसी सहमतिमा मिलापत्र भई किनारा लागेका हुन् भने ८० वटा मुद्दा फैसला भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*