एचआइडिसिएल र हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१ भाद्र २०७८, मंगलवार १५:१२

काठमाडौं । आज नेप्सेमा सूचिकृत २२१ कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ रुपैयाँको कारोबार भएको छ ।

आज हाइड्रोपावर कम्पनीमा लगानीकर्ताहरु झुम्मिएका छन् । सर्वाधिक कारोबार हुने कम्पनीहरुमा एचआइडिसिएल सहित हाइड्रोपावर कम्पनीहरु रहेका छन् ।

मंगलबार सर्वाधिक कारोबार हुने कम्पनीमा पहिलोमा अपि पावर कम्पनी रहेको छ । कम्पनीको ८६ करोड ३८ लाख २४ हजार ७१७ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै दोस्रोमा एचआइडिसिएलको ६२ करोड ४० लाख, तेस्रोमा अरुण काबेली पावरको ६० करोड ३४ लाख, चौथोमा रिडि हाइड्रोपावर डेभलपमेन्टको ५५ करोड १९ लाख र पाँचौमा अरुण भ्याली हाइड्रोपावरको ४३ करोड ७० लाखभन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*