कात्तिकमा ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार चालक कारबाहीमा

३० कार्तिक २०८३, सोमबार १५:४८

काठमाडौं । काठमाडौं उपत्यकामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कात्तिक महिनामा सबैभन्दा बढी मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने चालक कारबाहीमा परेका हुन्।

कार्यालयका अनुसार कात्तिक १ देखि २९ गतेसम्म मापसे गरी सवारी चलाउने दुई हजार ८९२ जना चालक कारबाहीमा परेका छन्। यस्तै, लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने ७८ जना चालकलाई पनि प्रहरीले कारबाही गरेको छ।

मादक तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदा सडक दुर्घटनाको जोखिम उच्च हुने भएकाले प्रहरीले यस्ता गतिविधि नियन्त्रण गर्न नियमित जाँच तथा निगरानी गर्दै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*