१६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, आज कमाउने र गुमाउने कम्पनी

१ भाद्र २०७८, मंगलवार १५:३१

काठमाडौं । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२१ कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर किनबेच भएको छ । साताको तेस्रो दिन नेप्से सामान्य अकंले वृद्धि भए पनि १८ अर्ब माथिको कारोबार भएको छ ।

आज गुर्खाज फाइनान्स, फर्स्ट माईक्रोफाइनान्स डेभलपमेन्ट बैंक, दिब्यश्वरी हाईड्रोपावर, अरुण काबेलि पावर, आँखु खोला जलविद्युत कम्पनी, जोशी हाईड्रोपावर डेभलपमेन्ट, पन्चकन्या माई हाईड्रोपावर, हिमाल दोलखा हाईड्रोपावर, माउन्टेन इर्नजी नेपाल, रुरु जलविद्युत प्रयोजना, सिइडिबि हाईड्रोपावर डेभलपमेन्ट र जीवन विकास लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

साथै रिडी हाईड्रोपावर डेभलपमेन्ट, खानीखोला हाईड्रोपावर, नेशनल हाईड्रो पावर र आरएसडिसी लघुवित्तको सर्किट लेभलमा कारोबार भइ सर्वाधिक कमाउन सफल भएका हुन् ।


त्यस्तै, आज गुमाउने कम्पनीहरुमा एनआईबिएल प्रगति फण्डको ३.८६ प्रतिशत अकं, नबिल डिबेञ्चरको ३.८० प्रतिशत अकं, सिद्धार्थ फण्डको ३.२४ प्रतिशत अकं र माछापुच्छे बैंकको २.७५ प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*