श्वेत–गंगा हाइड्रोपावरको ४७ करोड बढीको आइपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

१ भाद्र २०७८, मंगलवार १७:०३

काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले ४७ करोड ७९ लाख रुपैयाँ बराबरको ४७ लाख ७९ हजार कित्ता आइपीओ निष्काशनको लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई आज नियुक्त गरेको छ ।

दुई पक्षबीच भएको सम्झौतामा हाइड्रोपावरका तर्फबाट कार्यकारी संचालक डा.सुवर्ण दास श्रेष्ठ र क्यापिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले आयोजना प्रभावित स्थानीय, कर्मचारी र सर्वसाधारण सहित ३० प्रतिशत आइपीओ निष्काशनका लागि बिक्री लागेको हो । कम्पनीलेका हाल जारी पूँजी १ अर्ब ५९ करोड ३० लाखको आधारमा ३० प्रतिशत आइपीओ निष्काशन गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*