आरविवि म्युचुअल फण्ड १ नेप्सेमा सूचिकृत
काठमाडौं । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको आरविवि म्युचुअल फण्ड १ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।
भदौ ११ गते नेप्से र आरिविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडबीच प्रति इकाई १० रुपैयाँ कायम भएको १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष आरिविवि म्युचुअल फण्ड १ सूचिकरण गर्ने सम्झौता भएको हो ।
जसअनुसार सूचीकरण सम्झौता भएको दोस्रो दिन अर्थात आजदेखि नै उक्त फण्ड दोस्रो बजारमा कारोबार शुरु हुनेछ ।