नेप्सेमा नयाँ सारथि लघुवित्तको करिब २ लाख बोनस शेयर सूचिकृत

१३ भाद्र २०७८, आईतवार १४:४९

काठमाडौं । नेप्सेमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर आज सूचिकृत भएको छ ।कम्पनीको १ लाख ९१ हजार ५२० कित्ता बोनस शेयर सूचिकृत भएको हो । सो सूचिकृतपश्चात लगानीकर्ताले मंगलबारदेखि उक्त शेयर खरिदबिक्री गर्न सक्नेछन् ।

कम्पनीको गत वैशाख ३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८.१३ प्रतिशत बोनस शेयर सूचिकृत भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*