ग्लोबल आइएमई लघुवित्तद्धारा कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई सहयोग

१४ भाद्र २०७८, सोमबार १५:३१

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । संस्थाले कोरोना संक्रमणबाट ज्यान गुमाएका सदस्य लिला ओलीको परिवारलाई ४ लाख ५ हजार रुपैयाँ सहयोग गरेको हो ।

संस्थाका सदस्य मृतक ओलीले लघुवित्तको शाखा कार्यालय राडीबजार रुकुम अन्तर्गत ३ लाख कर्जा लिगेकी थिइन् । उनको कोरोना संक्रमणका कारण मृत्यु भएकाले संस्थाले बीमा बापत ३ लाख र क्रिया खर्चबापत १ लाख ५ हजार गरी कुल ४ लाख ५ हजार रुपैयाँ उनको परिवारलाई हस्तान्तरण गरेको हो ।

केन्द्रिय कार्यालय पोखरा सम्झना बजारका स्टेशन प्रमुख नवराज केसी र शाखा कार्यालय राडीबजारका निमित्त शाखा प्रमुख रमेश गिरिले ओलीका श्रीमान् शिव बहादुर ओलीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*