थप २२९५ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

१४ भाद्र २०७८, सोमबार १७:०६

काठमाडौं । आज थप २ हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८९२ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ९०२ जनामा र ४ हजार ३४१ जनामा एन्टिजेन परीक्षण गर्दा ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोमबार पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु हुँदा १ हजार ८०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३५ हजार ८७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*