एनएमबि क्यापिटलको म्युचुअल फण्ड भदौ १७ गतेदेखि बिक्री खुल्ला, कसरी दिने आवेदन ?

१५ भाद्र २०७८, मंगलवार १३:१३

काठमाडौं । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको म्युचुअल फण्ड ‘एनएमबि सरल बचत फण्ड–ई’ भदौ १७ गते बिहिबारदेखि निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात ४ करोड इकाई पहिलो चरणमा निष्काशन गरिनेछ ।

कुल इकाई मध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रबद्र्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्टाइएको छ । बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुल्ला गर्ने भएको हो ।

उक्त फण्डमा छिटोमा भदौ २१ गते र ढिलोमा ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त म्युचुअल फण्डमा लगानीकर्ताले १०० इकाईदेखि अधिकतम ४० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर एप्स वा वेबसाइटबाट आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*